काठमाडौँ, जेठ १। रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ जेठ १५ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ ।
आज ज्योतिषीहरूले हेरेको शुभ साइतअनुसार जेठ १५ गते लगनखेलबाट पश्चिमतर्फ तानिने भएको हो ।
मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ ।
पुलचोकमा रथारोहण गरी सुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ ।
मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ । रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1