Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home भक्तपुर नगरपालिका कुहिने र नकुहिने फोहोर छुट्याउन बाल्टिन वितरण

कुहिने र नकुहिने फोहोर छुट्याउन बाल्टिन वितरण

भक्तपुर, बैशाख २५ । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा कुहिने र नकुहिने फोहर छुट्याई संकलन गर्न बाल्टिन वितरण कार्यक्रम वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको प्रमुख आतिथ्यतामा वडा कार्यालयको सभाहलमा विहिबार सम्पन्न भयो ।
वडाध्यक्ष ह्यौमिखाले फोहर छुट्याउने कार्य नगरपालिकाको लागि नभई वडाबासीहरुको लागि नै भएकोले स्वय्‌मस्फुर्त भावनाले मनैदेखि गरे मात्र सफल हुने बताउँदै रासायनिक मलले कृषि योग्य खेतिको माटो विग्रिसकेकोले कुहिने फोहरबाट कम्पोष्ट मल बनाई माटोको गुणस्तर बढाउनु पर्ने बताउनुभयो । उहाँले कृषकको हितमा किलोको बीस रुपैंयामा कम्पोष्ट मल उपलब्ध गराएको बताउँदै प्रयोग गर्दा माटो बाहिर नछरिकन कम्पोष्ट मल छरेर माटोले छोप्दा राम्रो हुने बताउनुभयो । उहाँले यस वडामा १३००० जनसंख्या रहेकोले घरधुरी पनि बढी भएको वडा वाल्टिन वितरणमा अनावश्यक नलिन र दुरुपयोग नगर्न अनुरोध गर्नुभयो । उहाँले फोहरबाट मोहर बनाउन फोहर छुट्याई कुहिने फोहरबाट कम्पोष्ट मल र नकुहिने फोहर बेचेर आयआर्जन गर्न सक्ने बताउनुभयो । उहाँले वडामा विकास निर्माणको काममा वडाबासीहरुको सहयोग पाई रहेको बताउँदै नगरकोट सडक खण्डमा पेटी निर्माण, गाडी जामको समस्या र खानेपानी समस्या समाधानको लागि पहल गरिरहे तापनि सफलता प्राप्त नभएको बताउनुभयो ।
कार्यक्रममा फोहर पृथकीकरण र कम्पोष्ट मल बारे प्रशिक्षण दिँदै वडा निरिक्षक रामकृष्ण प्रजापति कुहिने र नकुहिने फोहर छुट्याएर मात्र राख्न सके वातावरण प्रदुषण हुनबाट बचाउन टेवा पुग्ने बताउँदै पृथ्वी तातिएर देखिएको नयाँ नयाँ रोग र बाढी पहिरोबाट धनजनको क्षेति हुनबाट रोक्ने कार्य हुने भएकोले मानविय क्षेतिबाट बचाउने जस्तो पुण्य काम अरु नहुने भएकोले कुहिने र नकुहिने फोहर छुट्याउनु पर्ने बताउनुभयो । उहाँले कुहिने फोहरको कम्पोष्ट मल बनाई विषदी र रासायनिक मलले मानिसहरुमा देखा परेको नसर्ने रोग मुटु, मृर्गौला र क्यान्सर जस्ता रोगबाट बच्न अर्गानिकको प्रयोग बढी रहेकोलाई टेवा पुग्ने बताउनुभयो । उहाँले रासायनिक मल विदेशबाट ल्याउँदा विदेशमा पैसा गई गरिब मुलुक बनिरहेको र मल अभावलाई केहिहदसम्म न्युनिकरण गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा सचिव रामेश्वर कोजूले संचालन गर्नुभएको थियो भने वडा सदस्य जितेन्द्र मुनाकर्मी, कृष्ण नारायण दुमरु र तारादेवी शाक्यले बाल्टिन वितरण गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments