भक्तपुर, बैशाख २४। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा व्यासीमा रहेको लक्ष्मी दही भण्डारमा दही उत्पादन गरेको बुधबार अनुगमन गरियो ।
दहीमा अखाद्य मिसावट, उपभोग अयोग्य भएको गुनासोको आधारमा अनुगमन गर्दा दुधको टर परिक्षणको लागि ल्याई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधहरुको रोहवरमा गर्ने बताउनुभयो ।
अनुगमनमा लक्ष्मी दही भण्डारबाट ल्याएको दहीमा अखाद्य मिसावट भएको भनि नगरपालिकामा दही सहित गुनासो गरेकोले अनुगमन गर्दा पसल नविकरण गर्न, ग्यास चुल्हो प्रयोग गरेकोले ग्यास सुरक्षितका साथ प्रयोग गर्न र सरसफाई र व्यवस्थित गर्न निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
लक्ष्मी दही भण्डारका प्रोपाइटर लक्ष्मी नारायण सुवालले दहीमा पेपर मिसावट गरेको व्यापक हल्ला र सामाजिक सञ्जालमा भाइरल भएपनि त्यो असत्य भएको र पेपर मिसावट नगरेको र बरु फ्याट नपुगेमा पाउडर दुध प्रयोग गरेको बताउनुभयो ।
अनुगमनमा अनुगमन समितिका सदस्यहरु वडाध्यक्ष श्यामकृष्ण खत्री, सदस्य ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशका प्रमुख दिलिप कुमार सुवाल, वडनिरिक्षक रामकृष्ण प्रजापति सहभागी रहेको थियो ।
भक्तपुरमा भाइरल लक्ष्मी दही दही उद्योगमा अनुगमन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
RELATED ARTICLES