१० नं वडामा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर, ११५ जना लाभान्वित

0
367

भक्तपुर, बैशाख २० । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा महिला पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविरको उद्घाटन समारोह भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा शनिबार लान्चाफल्चा ओमकारेश्वरमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले भक्तपुर नगर भित्र हिडेर दश मिनेटमा स्वास्थ्य उपचार प्राप्तहुने स्थानको रुपमा विकास गरेको बताउँदै तीस बर्ष अगाडि एक जना डाक्टर र एकजना नर्सबाट सुरु गरेको जनस्वास्थ्यबाट आज सय बेडको ख्वप अस्पताल निर्माण गर्न सफल भएको बताउनुभयो ।

उहाँले पहिला खेतबारीको सागसब्जी खाने भएकोले नसर्ने क्यान्सर जस्ता रोगहरु नदेखिएको तर अहिले भारतबाट आउने विषादी भएको तरकारीका कारण क्यान्सरजन्य रोगहरु निम्तिएको बताउनुभयो । उहाँले स्वास्थ्य शिविरबाट पहिलो र दोश्रो स्टेजको क्यान्सर भए उपचार हुने बताउँदै समयमा नै रोग पत्ता लागे धनजनको क्षति नहुने बताउनुभयो ।
उहाँले ख्वप अस्पतालनमा सिटिस्क्यानको खरिदको ठेक्का गई सकेको बताउँदै केहि महिना पछि सिटिस्क्यानको सेवा उपलब्ध समेत बताउनुभयो ।


कार्यक्रममा वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको सभापत्विमा सम्पन्न कार्यक्रममा डा.सृजा किसि, वडा सदस्य जितेन्द्र मुनांकर्मी र तारादेवी शाक्य, ओमकारेश्वर सेवा समितिका अध्यक्ष मदन बहादुर थापाले पनि बोल्नु भएको थियो । स्वास्थ्य परिक्षणमा ११५ जना महिला दिदीबहिनीहरुले स्वास्थ्य परिक्षण गराएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here