काठमाडौं: चैत २५ । वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। उनलाई आइतबार दिउँसो उपचारका लागि बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा भर्ना गरिएको थियो।
आइतबार राति पौने ८ बजे उनको निधन भएको हो। रिसालले आफ्नो शरीर दान गरेकाले अन्तिम संस्कार नगरी शव पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिने परिवारले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















