Wednesday, July 30, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home भक्तपुर नीलबाराही वन क्षेत्र उच्च जोखिममा, प्रतिनिधिसभा सदस्य सुवालद्वारा स्थलगत निरीक्षण

नीलबाराही वन क्षेत्र उच्च जोखिममा, प्रतिनिधिसभा सदस्य सुवालद्वारा स्थलगत निरीक्षण

भक्तपुर, १० चैत । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले मध्यपुर थिमि वडा नं. ९ स्थित नीलबाराही वन क्षेत्र र मन्दिर परिसरमा स्थलगत निरीक्षण गरी गत वर्षामा गएको पहिरोबारे जानकारी लिनुभयो । स्थानीय जनताले नीलबाराहीको सांस्कृतिक सम्पदा लिच्छविकालीन भएको उल्लेख गरे ।

पहिरो रोकथामको लागि स्थानीय जनताले वर्षौंदेखि नेपाल सरकारलाई घचघच्याएको तर सरकारले कुनै चासो नदिएको जनताको गुनासो हो । पछिल्लो पटक सांस्कृतिक सम्पदा नै जोखिममा पर्ने गरी ठुलो पहिरो गइरहेको छ । नीलबाराही वरिपरि बालुवा र माटो निकाल्ने गरिएको हुँदा जोखिमको यो अवस्थामा पुगेको हो ।

नीलबाराहीको यो सम्पदा संरक्षण गर्न नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभाका तत्कालीन सदस्य नारायणमान बिजुक्छें (रोहित) ले २०४८ सालदेखि संसद् र सडकमा आवाज उठाउनुभएको थियो । तर, सरकारले विस्तृत परियोजना प्रतिवेदन तयार गरी संरक्षणको योजना बनाएन । बरु, अलिअलि बजेट विनियोजन गरी ठेकेदारसँग भागबन्डा खाने सरकारको काम भयो । 

सल्लालगायतका रुख भएको नीलबाराही वन क्षेत्र बालुवा र पाँगो माटोको ढिस्को भएकोले दुई-चार दिनको वर्षा हुँदा पनि पहिरो गएको अवस्था छ । गुरुयोजनाका नाममा केही बजेट पहिरो गएको स्थानमा काम नगरी सजिलो ठाउँमा मात्र पर्खाल लगाई बजेट सिध्याइएको स्थानीय जनताको गुनासो छ ।

बालुवा र माटोको अवैध दोहनका कारण लिच्छविकालीन ऐतिहासिक नीलबाराही मन्दिर र वन क्षेत्रमा पहिरोको जोखिम बढ्दो छ । अहिलेसम्म भइरहेको बालुवा र माटोको अवैध दोहनकै कारण ऐतिहासिक चाँगुनारायण मन्दिरसमेतजाेखिममा परेकाे छ ।

नीलबाराही बन क्षेत्रकाे वरिपरी अग्ला अग्ला ढिस्कोको माटो र बालुवा निकाल्ने काममा संलग्नलाई जवाफदेही बनाउनु जरुरी छ । अहिले नीलबाराहीको पूर्व उत्तरतर्फको ढिस्को म्हासेर सयौं रोपनीमा सीजी कम्पनीले घर बनाउँदै छ । यसकारण, नीलबाराही क्षेत्र पहिरोमा परेको हो ।

नीलबाराही पूर्वतर्फ दुवाकोटको १९ रोपनी सार्वजनिक जग्गा व्यक्तिको दर्ता  गरी प्लटिङ गरी बेचिएको छ । सरकारी जग्गा म्हास्नेहरूलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयलगायतको अङ्गले तदारुकता देखाएको छैन ।

टोलीमाअनुराधा थापामगर, स्थानीय पूर्ववडा अध्यक्ष केदार खड्का, मध्यपुर थिमि वडा नं. ८ का वडा सदस्य सुरेन्द्र थालगायतस्थानीय जनता सहभागी हुनुहुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments