भीम आदर्शको ६२ औं वार्षिकोत्सब सम्पन्न

0
146

भक्तपुर, फागुन १३ । भक्तपुर नगरपालिका वडा नं ८ लिवाली स्थित भीम आदर्श आधारभूत विद्यालयले ६२ औं वार्षिकोत्सब, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि भनपा ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूले विद्यार्थीलाई सिकाईसँगै देशभक्त बनाउन जोड दिँदै भक्तपुर नगरपालिकाले विश्वविद्यालय संचालनको लागि तयारी गरिरहेको बताउनुभयो ।

विद्यालयका सहयोगी तथा शिक्षाप्रेमी हिमालयश्वर लाल मूलले पाठ्यवस्तु कण्ठस्थ गर्ने निरुत्साहित गर्नुपर्ने बताउँदै व्यवहारिक सीप र ज्ञानबाट विद्यार्थीको सीपलाई उन्नत गर्न जोड दिनुभयो ।

विद्यालयका पूर्व प्रधानाध्यापक दीपक माकले विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप संचालनबाट विद्यार्थीको शिक्षण सिकाईमा गुणस्तरीयता बढाउन सहयोग पुग्ने बताउनुभयो ।

विद्यालयका प्रअ पूजा दाहालले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन, विद्यालयको अतिरिक्त क्रियाकलाप तथा अन्य समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र खायमलीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक संघ नगर समितिका अध्यक्ष विष्णुप्रसाद दुमरु, नगर शिक्षा शाखाका प्रमुख साधुराम फुयाल तथा आधारभूत विद्यालय समितिका उपाध्यक्ष तीर्थलक्ष्मी धन्छा लगायतले बोल्नुभयो ।

अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थी, कक्षागत उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीलाई पुरस्कार वितरण रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूले बीचबीचमा सांस्कृतिक प्रस्तुति दिएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here