विश्वकर्मा साकोसको अर्ध वार्षिक समिक्षा सम्पन्न

0
197


भक्तपुर, फागुण, ७।
विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था लि.को आ.व २०८१।८२ को अर्ध वार्षिक समिक्षा कार्यक्रम अध्यक्ष श्री शमशेर बहादुर ज्याख्वाको अध्यक्षतामा सम्पन्न भयो ।

संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक कृष्ण प्रसाद लवजुले देशको अर्थतन्त्रमा रहेको शिथिलताले संस्थाको बचत सकंलन तथा ऋण परिचालनमा केही कमि आएता पनि सदस्य उन्मुख संस्थागत गतिविधिलाई निरन्तरता दिन सफल भएकोमा खुसी व्यक्त गर्नु भयो । सल्लाहकार लक्ष्मी प्रसाद प्रजापति र मन कुमार पछिले सरकारवाट हालै ल्याएको सहकारी सम्वन्धि अध्यायदेशले सामुदायिक संस्थाहरुको संचालनमा नकारात्मक प्रभाव पर्ने हुदा उक्त विषयमा सवै सदस्यहरुमा कानूनी सचेतनामुलक तालिम छलफलको आयोजना गर्न सुझाव दिनु भयो । कार्यक्रममा अध्यक्ष शमशेर बहादुर ज्याख्वाले बजारमा हल्ला भए जस्तो समुदायमा आधारित सहकारी संस्थाहरुमा आर्थिक कारोवारको जोखिम नरहेको हुदा निर्धक्क भई कारोवार गर्न र संस्थाको गतिविधिमा सदस्यहरुले आफु स्वयं सहभागि हुन नसके पनि परिवारका प्रतिनिधिलाई सहभागी गराएमा संस्था प्रति सकारात्मक भावना विकास भई संस्थामा नयाँ नेतृत्व विकासमा सहयोग पुग्ने बताउनु भयो ।
संचालक सुलोचना गाईजुले संचालन गरिएको उक्त कार्यक्रममा उपाध्यक्ष कृष्णभाई ज्याख्वा, सचिव राम छुस्याकी र कोषाध्यक्ष भिम बहादुर प्रजापतिले संस्थाको ऋण लगानी/असुली, संस्थागत गतिविधि र आर्थिक स्थ्िितको वारेमा जानकारी दियो । हाल संस्थाले ६३४ जना शेयर सदस्य र ११८ जना बाल बचतकर्ता आवद्ध गरी रु ७ करोड ३६ लाखको कारोवार गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here