१३३ वर्ष पुरानो राजलक्ष्मीधारा/वीरधारा संरक्षण गर्नुपर्ने: इतिहासविद पुरुषोत्तम लोचन श्रेष्ठ

0
286

भक्तपुर, फागुन ६
राजलक्ष्मी तत्कालीन राणा प्रधानमन्त्री वीरशम्शेरकी कान्छा बडामहारानी हुन् । हाडा/विजुकछे/श्रेष्ठकुलकी राजलक्ष्मी मध्यपुर थिमिकी छोरी अर्थात भक्तपुरकी छोरी हुन् । वि.सं. १९४५ मा वीरशमशेरले कान्तिपुरमा वीरधारा राख्न लगाएका थिए जुन तीन वर्षमा पूरा भएको थियो । त्यसको चार वर्षपछि वि.सं.१९५२ मा उनले भक्तपुरमा पनि वीरधारा राख्न लगाएका थिए । तर यसको सारा श्रेय भने उनकी कान्छा बडामहारानी, भक्तपुर छोरी राजलक्ष्मीलाई जान्छ जसले आफ्नै नीजी धनले भक्तपुरका चौबिसै टोलमा ‘राजलक्ष्मी’ नाम अङ्कित अत्याधुनिक, बहुउपयोगी जलधाराको व्यवस्था गरी लोकहितको कार्य गरेकी थिइन् । ऐतिहासिक स्रोतको अध्ययनका आधारमा लाग्छ, तत्कालीन समयमा एसियाकै सर्वाधिक धनी महिला राजलक्ष्मी नै थिइन् । यस्तै शैलीका संरक्षित जलधारा यूरोप अमेरिकातिर पनि देख्न सकिन्छ । विज्ञान र प्रविधिको गतिवान्–प्रगतिशील युगमा कम्तिमा पनि नेवा: संस्कृति र सभ्यताको हृदयस्थल नेपालमण्डलका कान्तिपर र भक्तपुरले पनि यस्ता अत्याधुनिक सुविधा केही ढीलो केही चाँडो प्राप्त गरिरहेको विदित हुन्छ । यस प्रकार १३३ वर्ष पुरानो इतिहास बोकेको वीरधारा पनि यस कुराको एक सुन्दर उदाहरण हो । यी पनि हाम्रा सम्पदा हुन् । दमकल छिर्न नसक्ने गल्ली भित्रभित्र सम्म पनि, आगलागी भएमा पाइप (होस) मात्र जोडेर अग्निसमन गर्ने प्रविधि समेत भएको यस प्रकारको गुणकारी यो धारा रहेको छ । यसको उपयोग त्यस रूपमा आज पनि गर्न सकिन्छ । यी सम्पदाको संरक्षण संवद्र्धन गरौँ । यसलाई पुनर्जीवित गरी लोकहितको कार्य लगायत पर्यटनसित पनि जोडेर प्रचार प्रसार गरी लान सकेमा सबैको हीत हुने कुरामा दुई मत नहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here