चाँगुनारायणको गजबको अनुरोध, जग्गा जमिन बाँझो राख्न नपाइने

0
543


भक्तपुर, माघ २२ ।
भक्तपुर जिल्ला स्थित चाँगुनारायण नगरपालिका वडा नं ९ ले आफ्ना क्षेत्रमा जग्गा जमिन बाँझो नराख्न जग्गाधनी किसान र मोहीहरुलाई अनुरोध गरेको छ ।
९ वडा क्षेत्रमा जग्ग्गा बाँझो राख्ने प्रवृती देखेपछि वडा अध्यक्ष गणेश त्यातले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
उहाँले जमिन बाँझो राखेको पाइएमा वडाबाट दिइने सेवा सुविधाबाट समेत बन्चित गर्न सकिने बताए ।
सूचनामा भनिएको छ – जग्गाधनी तथा मोहीहरूले जग्गा बाँझो राखि त्यतिकै छोडेको पाइएमा बाँझो राखेको जग्गा जमीनमा नजिकका छरछिमेकी,सांध संधियारहरूले जग्गाको स्वरूप र सांध सिमाना नबिग्रने गरि भोग चलन गरि राष्ट्रिय उत्पादनमा टेवा पुर्याउन समेत अनुरोध गरिन्छ । तर भोग चलनको आधारमा उत्पादन कर्ताको जग्गा जमीनमा कुनै स्वामित्व नरहने र बाँझो जग्गामा बालीनाली लगाइ सकेपछि बालीनाली नउठाएसम्म जग्गाधनी तथा मोहीहरूले जग्गा जमीन छोड्न लगाउन नपाउने समेत सम्पूर्णमा जानकारी गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
3
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here