वीरगञ्ज, माघ १४ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाह अवलोकन गर्नुभएको छ ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालसँग भेटघाट गरी भन्सार कार्यालयबाट देशको अर्थत्रन्त्रमा पुर्याएको योगदानबारे जानकारी लिनु भयो ।
भेटघाटका क्रममा प्रमुख प्रजापतिले कृषि प्रधान देश नेपालमा वर्षेनी अरबौं रुपैयाँको खाद्यान्न विदेशबाट आयात हुनु बिडम्बनाको भएको बताउनुभयो ।
नेपालमै मनग्य उत्पादन गर्न सकिने मकै, धान, गहुँ, कोदोलगायतका खाद्यान्न छिमेकी देश भारत, अष्ट्रेलिया, जापान, अमेरिकालगायत विभिन्न देशबाट समेत आयात गर्नुले नेपाल कृषिजन्य बस्तुमा समेत परनिर्भर हुँदै गएको स्पष्ट भएको बताउँदै परनिर्भरताले देशको अर्थतन्त्रको विकास हुन नसक्ने उहाँले बताउनुभयो ।
सोही क्रममा भन्सार अधिकृत बरुवालले वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाह भन्सारले दैनिक १३ देखि १४ करोडको राजश्व संकलन गरिरहेको बताउँदै यस भन्सारबाट नेपाल सरकारले ६० अर्ब राजश्व संकलन गर्ने लक्ष्य लिएको भए पनि लक्ष्यअनुसार राजश्व संकलन गर्न गठिन हुने बताउनुभयो ।
प्रमुख बड्डुवालले मुलुकको अर्थतन्त्र आयातमुखी अर्थतन्त्रमा निर्भर भएको बताउनुभयो । आयात वस्तु तथा सामानको कमी हुनासाथ राजश्व संकलनमा पनि कमी आउने गरेको बताउँदै उहाँले उक्त भन्सारबाट विशेषतः मल, दाना, खाद्यान्न, फलाम, कोइला, सवारीसाधन, लत्ताकपडा आदिको आयात हुने गरेको जानकारी दिनु भयो ।
नगर प्रमुख प्रजापतिद्वारा सिर्सियास्थित सुख्खा बन्दरगाह अवलोकन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















