सूर्यविनायक नगरपालिकाको नव निर्मित भवनको उद्घाटन

0
215

भक्तपुर, माघ १४ । सूर्यविनायक नगरपालिकाको नव निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमका वीच उद्घाटन गरेका छन् ।

प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतंकको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।

६ रोपनी ११ आना २ पैसा ३ दाम क्षेत्रफलमा फैलिएको कार्यालय परिसरमा भवन मात्रै ३ रोपनी एक आनामा बनेको छ । सुविधासम्पन्न नयाँ भवनमा करिब ५०० सवारी साधन अट्ने दुई तल्लाको बेसमेन्ट पार्किङ रहेको छ ।

नवनिर्मित भवनमा दुईवटा लिफ्ट, ३०० जना अट्ने सेमिनार हल, दुई वटा वैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेका छन् । त्यस्तै, ९२ वटा कार्यालय कक्ष साथै स्तनपान कक्षसमेत रहेको छ ।

नयाँ भवन २० करोड ४१ लाख ५२ हजार रुपैयाँ बराबर रकममा निर्माण गरिएको हो । भवन पूर्णरुपमा अपाङ्गमैत्री समेत रहेको छ । भवन उद्घाटन भएसँगै कार्यालयबाटै सेवा प्रवाह हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here