उदय साकोसको आयोजनामा तीन दिने घरेलु उपकरण मर्मत तालिम सम्पन्न

0
312


भक्तपुर, माघ ९ । उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामान्य मर्मतबाट सेवाग्राही ठगीमा नपरुन् भन्ने उद्देश्य बमोजिम सामाजिक उत्तरदायित्व बहन गर्दै आयोजना भएको तीन दिने घरेलु उपकरण मर्मत तालिम बुधबार सम्पन्न भएको छ ।

तालिमको समापन कार्यक्रममा संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले तालिममा सिकेका सीपबाट घरेलु उपकरण मर्मतको खर्चलाई मीतव्ययी बनाउन सक्ने बताउँदै सदस्यहरुको समय र आवश्यकताको आधारमा विभिन्न तालिमहरु सञ्चालन हुने बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष तथा व्यवसाय प्रवद्र्धन तथा बचत उपसमितिका संयोजक शिवराम बोहजूले तालिमको सीप घरपरिवारमा सामान्य आधारभूत समस्याहरु सहजै समाधान गर्नमा प्रयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

तालिमका प्रशिक्षक रामसुन्दर ग्वाछाले आपूmमा भएको सीप र ज्ञान अरुलाई बाँध्दा प्रभावकारी प्रशिक्षण हुने र घरेलु उपकरणका सामान्य समस्याहरुलाई सजिलै निराकरण गर्न सकिने बताउनुभयो ।

घरेलु उपकरणको तीन दिने आधारभूत मर्मत तालिमको प्रमाणपत्र वितरण कार्यक्रममा प्रशिक्षार्थी गंगाप्रसाद प्रजापतिलगायतले बोलेको उक्त समापन कार्यक्रममा गत पुष २० मा सम्पन्न झोल तथा डल्ले साबन बनाउने तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरियो ।

संस्थाले २९ औं स्थापना दिवसको अवसरमा बाल बचतकर्ता सदस्यहरुलाई लक्षित गरी यही फागुन १० गते अंग्रेजी हस्तलेखन प्रतियोगिता गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here