सार्वजनिक बिदा दिन स्थानीय तहलाई आग्रह

0
135

काठमाडौँ, मङ्सिर १३ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको उपनिर्वाचन हुने सबै स्थानीय तहलाई मङ्सिर १६ गते सार्वजनिक बिदा दिन आग्रह रेको छ। सो दिन सार्वजनिक बिदा दिएर मतदान स्थल उपलब्ध गराउन तथा अन्य आवश्यक सहयोग गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
मतदान सम्पन्न नभएसम्मका लागि मतदान स्थलका रूपमा कायम भएका सामुदायिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान वा अन्य सार्वजनिक प्रतिष्ठानमा निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलान गर्न मन्त्रालयले सम्बन्धित स्थानीय तहलाई आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here