भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

0
841

भक्तपुर, मंसिर १३ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छभने अर्का एकजना गम्भीर घाइते भएका छन् । भक्तपुरबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएको र उनकी श्रीमती नवीनाको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ। घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा उपचार भइरहेको छ । 

प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का  बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
3

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here