आज बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस

0
120

जेठ २९‍-काठमाडौं : बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार नेपालमा पनि मनाइँदैछ। बाल श्रम हटाउनका लागि आवश्यक काम र प्रयासहरूमा ध्यान केन्द्रित गर्दै प्रत्येक वर्ष १२ जुनमा दिवस मनाइन्छ।

अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले सन् २००२ बाट यो दिवस मनाउन थालेको हो । नेपालमा बालश्रम घट्दै गए पनि धेरै बालबालिका अझै बालश्रममा छन् । 

बालश्रम अन्त्य सबै देशको लागि चुनौती बन्दै गइरहेको छ र यसको लागि विभिन्न कदमहरु चालिएका छन्। नेपालले श्रम ऐन २०४८ र बाल ऐन २०४९ लागु गरेको छ। बाल ऐनले १४ वर्षमुनिका बालबालिकालाई काममा लगाउनु गैरकानुनी घोषणा गरको छ तर पनि बालश्रम अन्त्य हुन सकेको छैन। नेपालले पनि बालश्रम अन्त्यको लागि विभिन्न सन्धि अभिसन्भिमा हस्ताक्षर गरेको छ। नेपालले सन् २०१६ भित्र सबैखाले निकृष्ट बालश्रम उन्मूलन गर्ने सहश्राब्दी विकास लक्ष्य राखेको छ। सन् १९५५ डिसेम्बर १६ मा अर्न्तराष्ट्रिय श्रम सङ्गठनको सदस्य राष्ट्र बनेको नेपालले सन् २०२० सम्म सबैखाले बालश्रम अन्त्य गर्ने लक्ष्य राखेको छ। यी लक्ष्य हासिल गर्न सरकारले २०११ देखि दशवर्षे राष्ट्रिय गुरुयोजना लागू गरेको छ। तर यसरी बनेका ऐन तथा कानुन कार्यान्वयन नहुँदा बालश्रम अन्त्य हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here