विश्व वातावरण दिवसको अवसरमा च्वङा गणेश मन्दिर परिसरमा वृक्षारोपण

0
124


भक्तपुर । २०८० जेठ २२ गते, सोमबार
भक्तपुर नगरपालिकाको आयोजनामा विश्व वातावरण दिवसको अवसरमा भक्तपुर नगरपालिका वडा नं. १ स्थित च्वङा गणेश मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सोमबार बिहान सम्पन्न भयो । वृक्षारोपण कार्यक्रम पश्चात भएको कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले गर्मीयामस“गै खानेपानी मुहान सुकिरहेको अवस्थामा नगरपालिकाले खानेपानीको अभावलाई कम गर्न विभिन्न ठाँउमा डिप बोरिङ गर्दै ट्यांकरमार्फत खानेपानी वितरणमा जोड दिँदै आएको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले नगरको सुन्दरता कायम राख्न नगरको मूल सडकमा ढुङगा छपाइ, सम्पदा क्षेत्रमा रात्रीकालीन बत्ती व्यवस्थापनलगायतका कार्य गर्दै आएको बताउँदै भक्तपुरलाई विश्वकै हेर्नलायक सहरको रुपमा विकास गर्ने उद्देश्यले काम गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले वातावरण दिवसको नारा समय सान्दर्भिक र मार्मिक रहेको बताउँदै भक्तपुर नगरमा श्वासप्रश्वासका रोगीहरुको संख्या बढिरहेको अवस्थामा वातावरणप्रति सबैजना सजग र सचेत हुनुपर्ने बताउनुभयो ।
वर्तमान समयमा पानीको अभाव भइरहेको र सरकारको अकर्मण्यताको कारणले खानेपानी वितरण सहज नभएको बताउँदै उहाँले खानेपानी अभाव कम गर्न घर घरमा आकाशेपानी सकलन गर्नुपर्ने कुरामा विशेष जोड दिनुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले हरियाली विकास गरेमा मात्र मानिस स्वस्थ हुने बताउँदै ओजोन तह पातलिँदै गैरहेकोले वातावरण जोगाउन पहल गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै वडा नं. १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले च्वङा गणेश परिसर धार्मिक हिसावले महत्त्वपुर्ण स्थल रहेको बताउँदै यो क्षेत्रको हरियाली व्यवस्थापन, संरक्षण र सम्बद्र्धनमा बन कार्यालयसँग समन्वय गरी कार्य अगाडि बढेको पनि बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले कलकारखानाबाट प्रदुषण गर्नेलाई बढी करको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
वातावरण समितिका सयोजक एवम् ९ नं. वडाका वडाध्यक्ष रविन्द्र ज्याख्वले मानव समाजको विकास गर्ने क्रममा पृथ्वीलाई जोगाउनु मानिसको प्रमुख कर्तव्य रहेको बताउनुभयो । पृथ्वीको दोहन भैरहेको अवस्थामा मानिसले आफ्ना आवश्यकता पुरा गर्ने क्रममा अत्यधिक स्रोत साधन प्रयोग गरिदै आएकोले प्राकृतिक स्रोतसाधन घट्दै गइरहेको बताउनुभयो ।
स्वागत मन्तव्य दिंँदै भक्तपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छें मानिस वातावरणप्रति सचेतता हुनुपर्ने र वातावरण संरक्षण र सम्बद्र्धन गर्न बिज्ञहरुसँग हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
वृक्षारोपण कार्यक्रममा च्वङा गणेश परिसरकोको उत्तरतर्फ सल्लाका बिरुवाहरु रोपिएको थियो । कार्यक्रममा २ नं. वडाका वडा सदस्य मन्जु लाखाजुले पनि बोल्नुभएको थियो । वृक्षारोपण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक विद्यार्थी, स्थानीय समुदायको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here