बक्सिङ संघले गर्‍यो कला संस्कृतिमा युवा खेलाडीहरुको भूमिका र भक्तपुर महोत्सबबारे प्रवचन कार्यक्रम

0
234

भक्तपुर, ३ मंसिर । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा कला संस्कृतिमा युवा खेलाडीहरुको भूमिका र भक्तपुर महोत्सबबारे प्रवचन कार्यक्रम भक्तपुर नगरपालिका ७ नं वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा गपलीमा सोमबार सम्पन्न भयो ।


कार्यक्रमका अतिथि उकेश कवाँले शासक दलहरुका कारण देशको परिस्थिति ठिक नभएको बताउँदै प्रमको चीन भ्रमणमा विमानस्थल निर्माणको ऋण मिनाहको लागि अनुरोध गर्ने तर बिआरआई नस्विकार्ने प्रवृति ठिक नभएको बताउनुभयो । उहाँले बाढी पहिरोबाट क्षति भएको पुल, बाटो र राहतको लागि विश्व बैंकमा ऋण लिने तर आम्दानी हुने विमानस्थलको ऋण मिनाहा सोच ठिक नभएको बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघमा युक्रेन र इजरायलको पक्ष लिने शासकहरु अमेरिकी दलाल भएको बताउँदै १९५०को असमान सन्धि गोर्खा भर्ति केन्द्र खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले युवाहरुलाई पथभ्रष्ट बनाउने गोर्खाभर्ति केन्द्रका कारण बेलायतले अर्काको देशमा हमला गर्न गोर्खाभर्तिकेन्द्रका सेना अगाडि राखेर युद्ध गर्दा नेपालको समेत बेइज्जत भएको बताउँदै रेमिटान्सले देश अगाडि नबढ्ने बरु देशको उद्योगधन्दा विकास गरी, कृषिमा आत्मनिर्भर भए देश विकास हुने बताउनुभयो । उहाँले आफ्नो देश मरुभुमि र उजाड बनाई विदेशीको देश बनाउन जाने ठिक नभएको बताउँदै विदेशबाट अंगभंग, रोग र अपाङ्गता बोकेर आउने बताउनुभयो । उहाँले युवा पुस्तालाई सहिमार्गमा लान कलासंस्कृति र संस्कार सिकाउन भक्तपुर महोत्सब आयोजना गरेको बताउँदै मानिसको जीवनसंग सरोकार राख्ने सबै प्रकारका प्रर्दशनहरु राखी सिक्ने र सिकाउने शिक्षाको महोत्सब हुने बताउनुभयो । उहाँले महोत्सबमा सहभागीहरुलाई शान्तिसुरक्षाको प्रत्याभुति दिलाई दैनिक दुई तीन लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ काम गर्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुर महोत्सब भब्य र सब्य तरिकाले सम्पन्न भए जुनसुकै दल वा पार्टीको भएपनि भक्तपुरबासीको इज्जत गर्वका साथ पर्यटकहरुले सम्मान गर्ने बताउनुभयो । उहाँले पर्यटकहरुलाई रात्रीकालीन आवासिय बनाउन अथवा तीन चार दिन भक्तपुर बसाई लम्ब्याउने गरी पर्यटन व्यवसायको विकास र होमस्टेको अवधारण ल्याई रोजगारी सृजना गर्ने उद्देश्यले महोत्सब गरेको बताउनुभयो ।

कार्यक्रममा प्राध्यापक विश्वमोहन जोशीले आफूभन्दा अरु अगाडि बढेको हेर्न चाहने र त्यसमा खुसि हुने व्यक्ति भनेको आमा बुबा र शिक्षक हुन भन्नुभयो । उहाँले कला अथवा आर्ट भनेको मानिस चेतनशील प्राणी भएकोले कसरी राम्रो बनाउने, मिठास बनाउने, कर्णप्रिय बनाउने कार्य भएको बताउँदै पूर्विय दर्शनको कला एकदम महत्वपूर्ण भएको र ६४ प्रकारको कला गीतसंगीत, नृत्य, भेषभुषा, रहनसहन, लवाई खवाई लगायत मानिसले गर्ने हरेक गतिविधि कलासंस्कृति रहेको बताउनुभयो । उहाँले चित्रकला, मुर्तिकला, बास्तुकला ढुंगे युगदेखि कलाको विकास हुन्दै लिच्छबी पछि मल्लकालीनमा अत्यन्तै विकास भएको बताउनुभयो । उहाँले ज्ञान कसैले चोर्न पनि सक्दैन र प्रकृतिप्रकोपले पनि नष्ट गर्न नसक्ने भएकोले ज्ञान जति फैलायो बृद्धि हुने बताउनुभयो । उहाँले खेलाडीले हाम्रो पछाडि देश छ त्यसैले हामीले केहि कमि कमजोरी गरे देशको इज्जतमा धका पुग्छ त्यही भएर हाम्रो संस्कार उच्च र असल हुनुपर्ने बताउनुभयो । उहाँले हाम्रो कला संस्कृति, समाज गुठी पर्व जात्रा सबै समाजवादी सोच अनुसार सामुहिक भावनाको नमुना भएको बताउनुभयो । उहाँ अरुले हामीमाथि गरेको संस्कारले चित्त दुख्छ भने त्यस्तो संस्कार हामीले अरुलाई पनि नगर्ने बताउँदै जन्मने वित्तिकै कसैले सिकेर आउँदैन त्यो समाजबाट सिक्ने हो भन्नुभयो ।


नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखुले कलासंस्कृतिको जानकार हुनुपर्ने बताउँदै रुस युक्रेन युद्धबाट अन्तर्राष्ट्रिय बक्सिङ संघ पनि टुक्राउन साम्राज्यवादी अमेरिका लागि परेको र त्यसको प्रभाव नेपाल पर्दा विभाजनको अवस्था रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष राकृष्ण प्रजापतिले सरकार परिवर्तन संगै प्रदेश खेलकुद संघहरुमा चलखेल भएकोले एकजुट भई अगाडि बढे कसैले फुट र विगार्न नसक्ने बताउनुभयो । उहाँले कला र संस्कृति समाजको पहिचान र सम्पदा महत्वपूणर् अंश भएको बताउनुभयो । उहाँले खेलाडीहरूले कला र संस्कृतिमा विशेष योगदान पुर्‍याउने भएकोले समाजमा प्रेरणा, एकता, र पहिचानलाई प्रवर्द्धन गर्दछ भन्नुभयो । उहाँले खेलाडीहरूले आफ्नो देश वा क्षेत्रको परम्परा, पहिचान, र संस्कृति विश्वमाझ आफ्नो देशको झण्डा बोकेर प्रदर्शन गर्ने बताउनुभयो । उहाँले खेलकुद आफैँमा कला बताउँदै खेलाडीहरूको कौशल, सन्तुलन, र रणनीतिहरूले सौन्दर्य र कलात्मकता प्रदर्शन हो भन्नुभयो । उहाँले खेलकुद प्रतियोगिताहरूले विभिन्न जाति, धर्म, र समुदायका मानिसलाई एकसाथ ल्याई समाजमा एकता र सहकार्य देखाउने संस्कृतिको एक महत्वपूणर् अंश हो भन्नुभयो । उहाँले खेलकुदले अनुशासन, समर्पण, र आदर्शहरूको महत्व सिकाउँछ र यसले कला र संस्कृतिमा नैतिकता र मानवीय मूल्यहरू विस्तार गर्न मद्दत गर्छ भन्नुभयो । उहाँले खेलाडीहरू कला र संस्कृतिका जीवित प्रतिनिधिहरूले संस्कृति तथा कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्छन् भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here