अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा सम्पन्न

0
435

भक्तपुर, मंसिर १ । अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि उप-प्रमुख रजनी जोशीले आर्थिक मन्दीका कारण सहकारी क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गर्न भक्तपुर नगरपालिकाले सहकारीहरूको नियमन गर्दै समयसापेक्ष तालिम तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो । कोभिड महामारीका समयमा सहकारी क्षेत्रबाट अक्सिजन प्लान्ट निर्माणका लागि गरिएको योगदानको चर्चा गर्दै उहाँले आभार प्रकट गर्नुभयो । साथै, भर्खरै पुनर्निर्माण सम्पन्न लक्ष्मी नरसिंह मन्दिरको महत्व उल्लेख गर्दै यही मंसिर २८ गते देखि पुष २ गतेसम्म सञ्चालन हुने भक्तपुर महोत्सवलाई सभ्य र भव्य रूपमा सम्पन्न गराउन सहकारीहरू तथा सम्पूर्ण भक्तपुरवासीलाई सहभागिताको लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा अतिथिका रूपमा सहभागी भक्तपुर बचत तथा ऋण सहकारी संघ लिमिटेडका कोषाध्यक्ष कान्छा भक्त घजुले सहकारीका सदस्यहरूले बचत र मुद्दती रकम संस्थाले कुन क्षेत्रमा लगानी गरिरहेको छ भन्ने चासो राख्नुपर्ने कुरा उल्लेख गर्नुभयो। उहाँले सहकारी संस्थाहरूलाई सहकारी ऐन नियमको पालनामा ध्यान दिन र सञ्चालकहरूले सही रूपमा काम गरिरहेको सुनिश्चित गर्न जोड दिनुभयो । साथै, बहुउद्देश्यीय सहकारी संस्थाहरूबाट प्रदान गरिने प्रलोभनप्रति सचेत रहन आग्रह गर्नुभयो।

अभियान साकोसका अध्यक्ष बिजेन्द्रलाल ध्वजुले संस्थाको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो भने सचिव कृष्णसुन्दर दुवालले सचिवको प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मीप्रसाद फैजुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। मित्र सहकारीहरूको तर्फबाट भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रतिनिधि विष्णुकुमार प्रजापति, उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रतिनिधि न्हुच्छेबहादुर प्रजापति र ठिमी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रतिनिधि दिलकृष्ण प्रजापतिले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
त्यसैगरी, कमलविनायक पोलिक्लिनिक प्रा.लि.को सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । संस्थाले आयोजना गरेका विभिन्न प्रतियोगितामा सहभागी भएका र प्रथम तथा द्वितीय स्थान हासिल गरेका बालबचतकर्ताहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मीसुन्दर कोजु, श्रीराम ध्वजु, र सुलोचना सुवालले पनि बोल्नुभएको थियो अध्यक्षता संस्थाका अध्यक्ष बिजेन्द्रलाल ध्वजुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here