भक्तपुर महोत्सवको प्रचारार्थ चित्रकला प्रतियोगिता सम्पन्न

0
352

भक्तपुर, कार्तिक २९ । यहीँ मंसिर २८ देखि पुष २ गतेसम्म संचालन हुने भक्तपुर महोत्सव २०८१ को प्रचारार्थ भक्तपुर नगरव्यापी आधारभूत विद्यालय स्तरीय चित्रकला प्रतियोगिता बिहिवार सम्पन्न भयो ।

प्रतियोगितामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति लगायतको टीमले अवलोकन समेत गरेका थिए ।

भक्तपुर नगर शिक्षाका प्रमुख साधुराम फुयालले भक्तपुर महोत्सव २०८१ लाई भव्य रूपमा सुसम्पन्न गर्नका लागि भक्तपुरको कला, सम्पदा र संस्कृतिको विषयमा विद्यार्थी प्रतिभा पहिचान गरी नयाँ पुस्तालाई कला, संस्कृतिको सम्वर्दन गर्ने भावना जागृत गर्न जनमानसमा प्रचारप्रसार भइ भक्तपुरको ऐतिहासिकताको जानकारी दिने उद्देश्य रहेको बताउनुभयो ।

उक्त प्रतियोगितामा ४ वटा आधारभूत विद्यालय, ९ वटा सामुदायिक मावि र २५ वटा संस्थागत विद्यालयका जम्मा १३६ जना विद्यार्थीहरूले सहभागिता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here