भक्तपुर, २४ कार्तिक । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.का. १२ औं बार्षिक साधारण सभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भनपा वडा नं ७ का वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा सूर्य विनायाक थापा पार्टी प्यालेसमा शनिवार सम्पन्न भयो । उक्त कार्यक्रममा विशेष अतिथि जन गायक, नेपालको प्रजातान्त्रिक र बामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व र रक्तक्रान्तिको ज्वालामुखीमा, एक जुगमा एक दिन, गाउँ गाउँबाट उठ, आउँ मिलाउँ हाम्रा हातहरु, गाई त बाँध्यौ ढुग्रोमा मोही छैन, कोही त भने जाहजमा हरर, गीतका गायक रामेश श्रेष्ठलाई दोसल्ला ओढाई ताम्रपत्र, नगद सहित प्रमुख अतिथिले सम्मान गर्यो ।
कार्यक्रममा प्रमुख अतिथि उकेश कवाँले रामेशको गीतबाट उत्साहित भई ५४ जिल्लामा सामाजवादी प्रचार अभियान संचालान गरेको बताउँदै ०४६ सालपछि कम्युनिष्ट र समाजवादी भनाउँदा काम नगर्दा परिवार नभनिकन आस्था विश्वास मारेपछि जनगायक निराश भएको बतानुभयो । उहाँले कम्युनिष्ट पार्टीहरु सरकारमा गएर निजिकरण गर्दा नेपालको उद्योग धन्दा धारासायी भएको, रोजगारी गुमेको बताउँदै त्यस विरुद्ध उठेको प्रगतिशील र क्रान्तिकारी गीत संगीतको आवाज दमन गरेको र युवाहरु प्रत्येक दिन सात हजार भन्दा बढी युवाहरु विदेशीएको बताउनुभयो । उहाँले नयाँ पुस्ताका युवाहरुलाई देश र जनता जिम्मेवार हुने गीतसंगीत आवश्यक भएको बताउँदै गाउँगाउँमा सितामोल खान नभएका धेरै जनता रहेको र विद्यालय पूग्न ३ र ४ घण्टा लाग्ने जंगलको बाटो त्यो पनि यो पुजिवादी शिक्षाले कामदार जनताको हित गर्दैन बरु सबै युवाहरुलाई पैसाको लागि विदेशीने वातावरण बनाई रहेको बताउनुभयो । उहाँले कांग्रेसको सरकारले युवाहरुलाई विदेश पठाउने नीति र शिक्षामा नवउदारवादले देश खोक्रो बनाएको बताउँदै वर्ग रहेसम्म वर्ग संघर्ष चलिरहने र शोषण गरेसम्म नथाकिकन निरन्तर आन्दोलन गरिरहनुपर्ने बताउनुभयो । उहाँले सहकारी गरिब जनताको आर्थिक र सामाजिक स्तर उकास्नु पर्नेमा देशको ऐन कानुनले धनीलाई पोस्ने र गरिबको पैसा पुजीपतिले लुटिरहेको बताउनुभयो । उहाँले अक्टोबर क्रान्ति पछि सोभियत संघको सहकारी, रुजबेलको सहकारी र चीनको चिनिया जन कम्युनियनको सहकारी फरक फरक रहेको बताउँदै नेपालमा कृषिमा आत्म निर्भर बनाउन सहकारीले काम गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारी सचालकहरु निस्वार्थ रुपमा सेवा नगरे सहकारी विग्रने भएकोले लोभ लालचमा नफसि काम गर्नुपर्ने बताउँदै सरकारलै ८७ अर्व सहकारीको रकम हिनामिना भएको देखाएतापनि २ खर्ब भन्दा अनियमितता भएको बताउनुभयो । उहाँले पुजिवादी व्यवस्थामा कामदार जनताको हित नहुने बताउँदै समाजवाद उन्मुख संविधान भनेतापनि अहिलेको एमाले सरकारले पनि फेर उद्योगधन्दा निजिकरण गर्न खोजेको बताउनुभयो । उहाँले सहकारीले सामुहिक भावना र सहकारी मुल्य मान्यता मर्म अनुसार काम गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथि एवम् सम्मानीत व्यक्तित्व रामेश(रामेश्वर) श्रेष्ठले जेष्ठ सम्मानबाट प्रभावित भई समाज र देश बनाउन सन्तानलाई राम्रो भविष्य प्रदान गर्न विगत ५१ बर्षदेखि सांस्कृतिक जागरणको अभियानमा सरिक भएर जनआन्दोलन सफल गरेर सरकारमा गएकाहरुले देश र जनताको निम्ति काम नगरेको बताउनुभयो । उहाँले इजरायलले प्यालेष्टाइनमा बम हाने पनि नेपालीहरु आफ्नो देश फर्कनुपर्ने भएकोले आफ्नो देश नै राम्रो बनाएर देशमा रोजगारी सृजना गरेर देशमै सेवा गर्ने वातावरण बनाउनु पर्ने बताउनुभयो । उहाँले देशको अर्थतन्त्र डामाडोल भएको विदेशी र मारवादीहरुले कब्जा गरिरहेको बताउनभुयो ।
कार्यक्रम संस्थाका अध्यक्ष राजभाइ तजलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार रामकृष्ण प्रजापति, प्रबन्धक दयाराम तजल्या, कोषाध्यक्ष साजन कसपाल, जिल्ला सहकारी संघका सुलोचना दुवाल, जिल्ला बचत तथा ऋण सहकारी संघका इन्द्र प्रसाद व्याञ्जू, ख्वप सकोसका राजकुमार लघुले पनि बोल्नु भएको थियो । कार्यक्रम संचालन ऋषि श्रेष्ठले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिले जेष्ठ सम्मान विष्णुमाया कार्की, तुल्सीभक्त नला, पुण्यश्वरी सिजख्व, हर्के बहादुर कामी, कृष्ण लक्ष्मी सुवाल, दिल बहादुर त्यात, १० बर्ष सेवा गरेका कर्मचारीहरु सबिना तजले, कविता आगान्जा, असल ऋणीमा प्रविण सुवाल, उत्कृष्ट बचतकर्ता राजेन्द्र सिल्पकार, उत्कृष्ट बालबचत बर्षा फैजू, उत्कृष्ट सदस्य रामकृष्ण छुस्यावागलाई मायाको चिनो प्रमाणपत्र र नगदबाट सम्मान गरेको थियो भने विचविचमा जन गायक रामेश, उद्यमान गायक सर्वश्री कसपाल, श्री अधिश्री कसपाल र सम्यक बस्नेतले गीत गाउनुभएको थियो ।
भक्तपुरमा रामेश श्रेष्ठलाई दोसल्ला ओढाई ताम्रपत्र, नगद सहित सम्मान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















