भक्तपुर, कार्तिक २४ । भक्तपुर नगरपालिका वडा नं ७ जगाती स्थित सुकुन्दा बचत तथा ॠण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा बागमती प्रदेश सभाका सभासद सुरेन्द्रराज गोसाइको प्रमुख आतिथ्यतामा शनिबार एक कार्यक्रमविच सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि गोसाइले सहकारी संस्था व्यवसाय गर्ने थलो नभइ सेवामुखी संस्था भएको बताउनुहुदै सहकारी संस्थाहरु नीति नियममा आधारित भइ संचालन गर्नुपर्ने बताउनुभयो । सहकारीमा संलग्न पदाधिकारीहरुले प्रत्यक्ष रुपमा फाइदा लिन नहुने बताउनुहुदै सहकारीले लेखा प्रणाली, पत्रकारिता, सत्कार तालिम आदि संचालन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
साथै सहकारी संस्थाले सामाजिक उतरदायित्व जिम्मेवार लिदै सहकारी संस्थाहरु एक आपसमा मिलेर आदर निकेतन संचालन गर्नुपर्ने समेत आग्रह गर्नुभयो ।
देशमा अहिले सहकारी संस्थाको बिगबिगी रहेकोले सर्वसाधारण जनताले आफुले दु:ख कष्ट गरि कमाएको पैसा सामुदायिक सहकारीमा बचत गर्नुपर्ने उहाँले भन्नुभयो ।सहकारी र राजनीतिविच सम्बन्ध रहने तर अहिले राजनीतिको नाउँमा अनैतिक कार्यहरु भैरहेकोले सचेत हुनुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि भक्तपुर जिल्ला बचत संघका प्रतिनिधि काजी बहादुर पन्चले सहकारीले संस्थाको गतिविधिमा विशेष जोड दिनुपर्ने बताउदै कुनै पनि सहकारी नीति तथा ऐन नियममा बसेर संचालन गर्नुपर्ने बताउनुभयो ।संचालक समितिमा रहेर बदमासी गर्दा सहकारीमा समस्या आउने र अहिलेको सहकारी ऎन संशोधन गर्नुपर्ने बताउनुभयो ।
संस्थाका सल्लाहकार नाति कवांले बाल बचत कर्तालाई दिइएको उपहार कार्यक्रमले बालबालिकाको अध्ययनमा टेवा पुग्ने बताउनुभयो ।
सल्लाहकार विश्वराम कवांले सदस्य तथा शेयरधनीहरु ब्याजको लोभमा फस्न नहुने र यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो । साथै संचालक समितिमा बसेर इमान्दार बन्नुपर्ने र सहकारी संस्थाले बाबू नानीहरुलाई उपहार कार्यक्रम वितरण गरिएको प्रशनिय कार्य भएको बताउनुभयो ।
त्यस्तै अर्का सल्लाहकार आसकाजी त्वानाबासुले वर्तमान समयमा खेतिपातीमा युवापुस्ताको आकर्षण कम भैरहेको दुखेसो पोख्नुहुदै तमसुक वा बैनापट्टाको कागज बनाउदा सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष श्रीकृष्ण गोसाइले आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रगति प्रतिवेदन, सचिव सुर्यराम त्वानाबासुले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिला संयोजक श्याम प्रसाद कोजुले लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा सल्लाहकार विष्णुभक्त मारिखु, समितिका सदस्य सविनभक्त कायस्थ, वाइजल्याण्ड सेकेण्डरी स्कुलका प्रीन्सिपल आशकुमार चिकंबन्जार, सहकारी प्रतिनिधि तर्फ सिद्धि गणेश साकोसका प्रतिनिधि विष्णुराम दुमरु र व्यवस्थापक सानुकाजी चिकंबन्जारले पनि बोल्नुभएको थियो भने संस्थाका अध्यक्ष राजभाई माकको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा १६० जना बाल बचत कर्ताहरुलाई उपहार प्रदान गरिएको थियो भने प्रसिद्ध कलाकार निशा देसार, भिम प्रसाद प्रजापति तथा वाइजल्याण्ड सेकेण्डरी स्कुलको तर्फबाट साङ्गितिक प्रस्तुती समेत रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















