नेपाल संवत ११४५ को अवसरमा स्टार वाचनालयमा बुद्धिचाल प्रतियोगिता

0
476

स्टार वाचनालयको आयोजनामा न्हुँद नेपाल संवत ११४५ को अवसरमा विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता २०८१ बिहिबार वाँचुत्वमा सम्पन्न भयो ।
भक्तपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवं नेमकिपा केन्द्रीय समितिका सदस्य उकेश कवांको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शैक्षिक पद्धति बलियो भएको र हरेक क्षेत्रमा आत्मनिर्भर देश मात्र अगाडि बढ्ने र बलियो हुने कुरा अन्तर्राष्ट्रिय उदाहरणसहित प्रस्ट्याउनुभयो । उहाँले सामाजिक क्रियाकलाप अगाडि बढाउँदै युवा विद्यार्थीले आफ्नो व्यक्तित्व तथा नेतृत्व विकास गर्नुपर्ने कुरा राख्दै कार्यक्रमप्रति सकारात्मक धारणा प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा स्टार वाचनालयका सल्लाहकार एवं नेमकिपा वाँचुत्व खँचा एकाई समितिका अध्यक्ष बद्रीराम छुस्याबागले वाचनालयको इतिहास लाई प्रशंसा गर्नुहुँदै भावी कार्यक्रमको लागि पनि शुभकामना दिनुभयो । कार्यक्रममा वाचनालयका पूर्व अध्यक्ष श्रीराम धोजुले भूकम्पले पुर्‍याएको क्षतिलाई व्यवस्थापन गर्दै नवगठीत समितिले गरेका गतिविधिहरूले वाचनालयलाई पुनः जीवन दिएकोमा खुसी व्यक्त गर्दै प्रतियोगितामा सहभागी खेलाडी भाइबहिनीहरूलाई शुभकामना पनि व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति एवं वाचनालयका अध्यक्ष किशोर गोसाईले अध्ययन संस्कृति र खेललाई जोड दिँदै युवा विद्यार्थीको बौद्धिक व्यक्तित्व तथा नेतृत्व विकासमा अग्रसर रहने प्रतिबद्धता जाहेर गर्नुभयो । भक्तपुर बुद्धिचाल सङ्घका सल्लाहकार निरञ्जन प्रजापतिले प्रमुख निर्णायकको भूमिका निर्वाह गर्नुभएको कार्यक्रममा सहायक निर्णायकको रूपमा प्रवेश प्रजापतिले कार्यक्रम अवधिभर सहयोग गर्नुभयो।
प्रतियोगितामा १५ वटा विद्यालयबाट जम्मा ५२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। जसमा प्रभात इङ्लिस सेकेन्डरी स्कुलको रजत सुवाल र आदर्श तामाङ क्रमश प्रथम र द्वितीय स्थान हासिल गर्नुभयो भने बाल विकास इङ्लिस सेकेन्डरी स्कुलका संयोग लामा तृतीय र खोप्रिङ इङ्लिस सेकेन्डरी स्कुलका क्यामुन दुवाल तथा बागीश्वरी माविका प्रत्युस श्रेष्ठले सान्त्वना स्थान हासिल गर्नुभयो ।
भक्तपुर बुद्धिचाल सङ्घको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा विजयी खेलाडीहरूले मेडल ट्रफी चेसबोर्ड र प्रमाणपत्र प्राप्त गर्नुभयो भने सहभागी सबै खेलाडीहरूले प्रमाणपत्र प्राप्त गर्नुभयो । उक्त कार्यक्रममा वाचनालयका उपाध्यक्ष राम कुस्मा र सहसचिव रिना ख्याजुले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here