विद्यालयस्तरीय खेलकुद प्रशिक्षक प्रशिक्षण तालिम उद्घाटन 

0
148

भक्तपुर, असोज १० ।

भक्तपुर नगरपालिकाको आयोजनामा विद्यालयस्तरीय शिक्षकहरुको खेलकुद प्रशिक्षक प्रशिक्षण तालिममा बिहिवार भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले खेलकुद सामाग्री वितरण गरी उद्घाटन गर्नुभयो ।

उहाँले एक्काइसौं शताब्दीमा बहुआयामिक देशभक्त, स्वस्थ एवम् दक्ष जनशक्ति तथा नागरिक तयार गर्न शारीरिक खेलकुद आवश्यक भएको बताउँदै नयाँ पुस्तालाई माटो सुहाउँदो जनताको चाहना अनुरुप भक्तपुर नगरपालिकाले खेलकुद लगायत स्वास्थ्य तथा सम्पदा संरक्षणको विभिन्न गतिविधि संचालन भइरहेको बताउनुभयो । स्थानीय तथा देशभरका नागरिकलाई विभिन्न किसिमको रोगहरुबाट सुरक्षित बनाउन बाध्यात्मक रूपमा ख्वप अस्पताल संचालन गर्नुपरेको बताउँदै उहाँले नयाँ पुस्तालाई अनुशासन सहित शारीरिक तथा मानसिक रूपमा स्वस्थ बनाउन प्रशिक्षित शिक्षकहरूले सहयोगी भूमिका निभाउने विश्वास व्यक्त गर्नुभयो ।

भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले खेलकुद क्षेत्रमा भक्तपुर नगरपालिकाले गरिरहेको खेलकुद प्रशिक्षण तालिम र खेलकुद प्रतियोगिता संचालन देशभरका स्थानीय सरकारको लागि अनुकरणीय भएको बताउँदै सामाजिक रूपमा नेतृत्व लिन स्वस्थ व्यायामको लागि खेलकुदको आवश्यकता बारे जानकारी दिनुभयो ।

भक्तपुर नगर शिक्षा शाखाका प्रमुख साधुराम फुयालले नियमबद्ध खेलकुद प्रशिक्षणबाट विश्राम र मनोरञ्जन प्राप्त हुने बताउँदै शारीरिक र मानसिक रूपमा स्वस्थले शिक्षणसीप प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले तालिममा सिकेको सीप प्रशिक्षक शिक्षकहरूले विद्यार्थीहरूमाझ देशभक्तिको भावना सहित सिकाउन अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्दै कार्तिक ९ गतेदेखि १५ गतेसम्म सप्ताहव्यापी खेलकुद प्रतियोगिता संचालन हुने जानकारी दिनुभयो । युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले खेलकुद प्रशिक्षक तालिमबाट खेलकुद प्रतियोगितामा विद्यालय र विद्यार्थीको बढेको बताउँदै २०७४ सालमा ९ वटा खेलबाट सुरु भएको विद्यालय स्तरीय खेलकुदमा गतवर्ष १५ वटा खेलमा २५ सय भन्दा बढी विद्यार्थीले सहभागिता जनाएको बताउनुभयो ।

भक्तपुर जिम्नास्टिक जिम्नास्टिकका संघको शिवकृष्ण चवालले शरीरको तन्दुरुस्त, लचिलोसँगै अनुशासनको लागि जिम्नास्टिक सबैको पहुँच पुग्नुपर्ने बताउँदै सैन्य तालिम संचालन र विकासमा जिम्नास्टिक खेलको योगदान रहेको बताउनुभयो ।  एथलेटिक्सका अन्तर्राष्ट्रिय चिपकोच चन्द्र गुरुङले एथलेटिक्सका १३ वटा राष्ट्रपति इभेन्ट तथा राष्ट्रिय अन्तर्राष्ट्रिय इभेन्ट, टोसो फिनिसिङ, स्टेन्टिङ स्टार्ट, ट्रयाक तथा फिल्ड तथा रिलेको आधारभूत ज्ञान बारेमा जानकारी दिँदै विद्यार्थीलाई गलत बाटोमा लाग्न नदिन विभिन्न खेलकुदमा लाग्न उत्प्रेरित गर्नुपर्ने बताउनुभयो । प्रयोगात्मक रूपमा प्रशिक्षण भएको उक्त खेलकुद प्रशिक्षक प्रशिक्षण तालिममा भक्तपुर नगरका सामुदायिक र संस्थागत गरी ४१ वटा विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here