भक्तपुर नगरपालिकाले विश्व पर्यटन दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाउदै

0
559

भक्तपुर, असोज १० । हरेक वर्ष सेप्टेम्वर २७ का दिन मनाइने अन्तराष्ट्रिय पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाले असोज ११ गते शुक्रबार नगर प्रवेश गर्ने पर्यटकहरुको पहिलो टोलीलाई स्वागत गर्ने भएको छ ।
भक्तपुर दरबार स्क्वायर छिर्ने खौमा पर्यटक काउन्टरबाट प्रवेश गर्ने टोलिलाई स्वागत गर्ने कार्यक्रम रहेको नगरपालिका स्रोतले जनाएको छ ।
पर्यटन दिवसकै अवसर पारेर दरवार क्षेत्र, लायकु, भ.न.पा ३ मा गुन्हीपुन्ही सापारु २०८१ मा प्रदर्शन गरिएका घिन्ताङघिसी, माक प्याखँ, परम्परागत तथा आधुनिक साँस्कृतिक विधाका विजयी साँस्कृतिक समूह र कलाकारहरुलाई पुरस्कार वितरण समेत गर्ने कार्यक्रम रहेको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ श्री नारायणमान बिजुक्छें (रोहित)को प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा साँस्कृतिक गुरुहरु र पर्यटन सम्बद्ध संघ संस्था, व्यवसायी र सहयोगीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
सोही दिन विभिन्न परम्परागत साँस्कृतिक कार्यक्रमहरु समेत हुने जनाइएको छ ।
पर्यटन दिवसको यस वर्षको नारा ‘पर्यटन, न्याय र शान्ति’ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here