हाडजोर्नी तथा नशा रोग र आँखा रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

0
459

भक्तपुर, भदौ २२ ।
भक्तपुर नगरपालिका २ नं. वडा कार्यालय व्यासी, भक्तपुरको आयोजनामा हाडजोर्नी तथा नशा र आँखा रोग सम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भयो ।


कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य नै भन्दा ठूलो धन भएको बताउनुहुँदै जनता स्वस्थ भए नगर नै स्वस्थ हुने चर्चा गर्नु भयो ।


प्रमुख प्रजापतिले भन्नुभयो—“पहिला सरुवा रोगबाट अधिक मानिसको मृत्यु हुन्थ्यो भने अहिले दिर्घ रोग तथा नसर्ने रोगबाट मानिसहरूको अधिक मृत्यु हुने हुने गरेको छ ।”
उहाँले कृषकहरुले बालीमा विषादी प्रयोग गर्दा सुरक्षित र साबधानी नअपनाउँदा हाल किसानहरू क्यान्सर जस्ता रोगको शिकार बन्नु परेको चर्चा गर्दै अधिक उत्पादनको लागि जनताको स्वास्थ्यलाई खराब गर्न नहुने तर्फ ध्यान दिनुपर्ने समेत बताउनु भयो ।
शिविरमा रोग परिक्षण गरी रोगको पहिचान भयो भने समयमै उपचार गर्न सकिने बताउनु हुँदै जनतालाई सहज स्वास्थ्य सेवा पुर्याउन ख्वप अस्पतालको स्थापना गरिएको बताउनु भयो ।


कार्यक्रममा २ नं वडाका वडा अध्यक्ष हरि प्रसाद बासुकलाले भनपाले शिक्षा, स्वास्थ्य लगायत ब्यवस्थित आवासको लागि आयोजना संचालन गरिएको चर्चा गर्नुहुँदै भनपाले दिदैं आइरहेको सेवा तथा सुविधा जनताकै लागि भएको बताउनुभयो ।


शिविर कार्यक्रममा ख्वप अस्पतालका डा. मजेश प्रताप मल्ल, वडा सदस्यद्धय श्यामसुन्दर मातां र मञ्जु लाखाजु, रत्नकाजी नायभारी लगायतले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here