हाडजोर्नी तथा नशा रोग र आँखा रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

0
538
हाडजोर्नी तथा नशा रोग र आँखा रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर, भदौ २२ ।
भक्तपुर नगरपालिका २ नं. वडा कार्यालय व्यासी, भक्तपुरको आयोजनामा हाडजोर्नी तथा नशा र आँखा रोग सम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भयो ।

हाडजोर्नी तथा नशा रोग र आँखा रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न


कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य नै भन्दा ठूलो धन भएको बताउनुहुँदै जनता स्वस्थ भए नगर नै स्वस्थ हुने चर्चा गर्नु भयो ।


प्रमुख प्रजापतिले भन्नुभयो—“पहिला सरुवा रोगबाट अधिक मानिसको मृत्यु हुन्थ्यो भने अहिले दिर्घ रोग तथा नसर्ने रोगबाट मानिसहरूको अधिक मृत्यु हुने हुने गरेको छ ।”
उहाँले कृषकहरुले बालीमा विषादी प्रयोग गर्दा सुरक्षित र साबधानी नअपनाउँदा हाल किसानहरू क्यान्सर जस्ता रोगको शिकार बन्नु परेको चर्चा गर्दै अधिक उत्पादनको लागि जनताको स्वास्थ्यलाई खराब गर्न नहुने तर्फ ध्यान दिनुपर्ने समेत बताउनु भयो ।
शिविरमा रोग परिक्षण गरी रोगको पहिचान भयो भने समयमै उपचार गर्न सकिने बताउनु हुँदै जनतालाई सहज स्वास्थ्य सेवा पुर्याउन ख्वप अस्पतालको स्थापना गरिएको बताउनु भयो ।


कार्यक्रममा २ नं वडाका वडा अध्यक्ष हरि प्रसाद बासुकलाले भनपाले शिक्षा, स्वास्थ्य लगायत ब्यवस्थित आवासको लागि आयोजना संचालन गरिएको चर्चा गर्नुहुँदै भनपाले दिदैं आइरहेको सेवा तथा सुविधा जनताकै लागि भएको बताउनुभयो ।


शिविर कार्यक्रममा ख्वप अस्पतालका डा. मजेश प्रताप मल्ल, वडा सदस्यद्धय श्यामसुन्दर मातां र मञ्जु लाखाजु, रत्नकाजी नायभारी लगायतले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here