आजदेखि ‘सम्पदा घुम्ती बस सेवा’ को परीक्षण सञ्चालन सुरू भएको छ।
काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरूको प्रवर्द्धन गर्ने उद्धेश्यले उक्त बस सेवा सञ्चालनमा ल्याइएको नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरू पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने गरी सम्पदा घुम्ती बस सेवा सुरू गरिएको हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















