चार प्रदेशमा मेघगर्जनसहित वर्षाको संभावना

0
157

२०८० जेठ ९ गते (मंगलबार)

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल  लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षा भइरहेको छ ।

दिउँसोː  देशभर आँशिक देखि सामान्य बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित  हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

रातीː  देशको पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here