भक्तपुरमा आज पञ्जराँ पर्व मनाइदै

0
684

भक्तपुर, भदौ १५ ।

पञ्जराँ नेवा: बौद्धहरूको विशेष पर्व हो । कुनै व्यक्तिले आफ्नो गच्छे वा इच्छाअनुसार सत्ययुगका बुद्ध मानिने दीपङ्कर बुद्धलगायत बज्राचार्य र शाक्यका कुलपुत्रहरूलाई एक वा एकभन्दा बढी वस्तुहरू दान दिनुलाई ‘पञ्जराँ’ भन्ने गरिएको छ । पञ्जराँ पर्वमा धान, चामल, गहुँ, केराउ, फलफूल वा आफ्नो खेतमा उब्जनी भएका वस्तुहरू दक्षिणाका साथ दान दिने गरिन्छ ।

पञ्जराँ पर्वका दिन एक दिनअघि साँझ पाँचै विहारका दीपङ्कर बुद्धलाई विभिन्न गरगहनाले सजाइन्छ ।भक्तपुर नपा १० क्वाठण्डौ स्थित प्रशन्नशील महाविहार, गोल्मढीको झौरबही, साकोठाको चतुब्र्रम्ह महाविहार, तिनख्य: स्थित थथुबही अर्थात् जयकीर्ति विहार र भार्वाचोको कुथुबही अर्थात् बौद्ध समकृत विहारमा रहेका पाँच दीपंकरहरुलाई भक्तपुर नपा ९ सूर्यमढी टोलको डबलीमा जम्मा भएपछि सूर्यमढी टोलका स्थानीय बासिन्दाको पञ्जरों दिन घुइँचो लाग्ने गर्दछ ।

दीपंकरहरुलाई संयुक्त पञ्चदान पर्व भने भक्तपुर नपा ५ स्थित टौमढीमा समापन गरिन्छ । टौमढीस्थित पश्चिम डबलीमा पाँचवटै दीपंकरलाई लस्करै राखेर विभिन्न बाजागाजा बजाएर उल्लासमय वातावरणमा उक्त संयुक्त पञ्चदान गरिन्छ ।

Feature Image: Bsshwa Ram Dumaru

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here