भक्तपुर, ।भक्तपुरमा प्रत्येक वर्षको जनै पूर्णिमाको दिनमा बिहान सबेरै पूर्वाभिमुख दुङ्गधाराहरूमा नौ स्थानको धाराहरूमा नुहाउन जाने मेला भर्न जाने परम्परा रहेको छ ।
यस दिनमा पूर्वतर्फ मुख भएका ढुङ्गे धाराहरू नौ स्थानमा नुहाउन पाए आफ्नो शरीरमा प्राकृतिक प्रकोपले अथवा आउँ, झाडाबान्ता, टाइफाइड आदि रोगबाट सताउन नपाउने साथै खाएका वस्तुहरू गुणस्तरयुक्त भएर पच्ने हुन्छ र खाएको वस्तुले आफ्नो शरीर हृष्टपुष्ट गर्ने गर्दछ भनेर त्यो दिनमा पूर्वाभिमुख ढुङ्गेधाराहरूमा नुहाउन जाने गर्दछन् ।
अर्को कुरा भोलिपल्ट गाईजात्राको दिनमा यमद्वारको ढोका खुल्ने भएकोले र आपना पितृहरूको आत्मा यमद्वारको ढोकाभित्र प्रवेश गर्न पाओस् भनी कामना लिई नौ स्थानका ढुङ्गेधाराहरूमा स्नान गरेर त्यहाँ अवस्थित नौ स्थानका देवदेवताका दर्शनको प्रभावले आफ्ना मृतक पितृहरूका आत्मा सजिलैसंग यमद्वार प्रवेश गर्न पाउन् भन्ने विचारले पूर्वाभिमुख नौ स्थानका ढुङ्गेधाराहरूमा मेला लाग्ने गर्दछ ।
यो मेला भर्न जाने बेलामा सर्वप्रथम सूर्य विनायक गणेशको दायाँ अवस्थित ढुङ्गे धारामा स्नान गरेर सूर्य विनायक दर्शन गरि अन्त्यमा तचपाल टोलका भीमसेन पछाडिका ढुङ्गेधारामा स्नान गरेर विसर्जन गराउने गर्दछन् । त्यसपछि घरमा फर्केर सप्त धान्यादिबाट तयार पारिराखेका गेडागुडीका रस क्वाति र गहुँका रोटी खाने गर्दछन् । यी नौ स्थानका ढुङ्गेधाराहरूमा त्यो दिनमा बिहान सबेरै देखि नै बाजागाजा तथा बाद्यवादन सहित मेला लागेको हुन्छ ।
भक्तपुरमा पूर्वाभिमुख धेरै ढुङ्गेधाराहरू भए तापनि मुख्य निम्न नौ स्थानका ढुङ्गेधाराहरूमा मेला भर्ने आजभोलि चलन छ ।
१) सूर्य विनायक ढुङ्गेधारा
२) तीनधारा (स्वधरा हिटी) सूर्य विनायक जङ्गल छेउ
३) सूर्य विनायकबाट ओरालो लाग्ने भीमसेन मन्दिर नेर ।
४) कुह्माले टोलका तालाको ढुङ्गेधारा (हाल पुरानो अवस्थामा रहेको) अथवा सुकुलढोका विद्यापीठका ढुङ्गे धारा ।
५) नासमना बजारको रायठोर ढुङ्गेधारा ।
६) टौमढी टोलका पुवहालस्थित धौवण्डेल ढुङ्गेधारा ।
७) टिवुक्छे टोल ताहा गंसलस्थित भुइसाहुको चोकका ढुङ्गे धारा अथवा टिपुकछे बजारका बुलुबुलु हिटी।
८) टुलाछे टोल त्रिपुरसुन्दरी पीठ नेरका ढुङ्गेधारा ।
९) तचपाल टोल स्थित भीमसेन मन्दिर पछाडिका ढुङ्गेधारा ।
आज बिहानैदेखि भक्तपुरका पूर्वाभिमुख नौ स्थानको ढुंगेधारामा विशेष मेला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















