भक्तपुर, श्रावण २८ । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना र आन्तरिक राजश्व कार्यालय भक्तपुरको सहकार्यमा साना उद्यमी व्यवसायीहरुलाई लक्षित गरी कर शिक्षा कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालयका कर अधिकृत दिलिप गौतमले कर तिर्नु व्यवसायी वा नागरिकको दायित्व रहेको चर्चा गर्नुहुदैंसरकारले विभिन्न कारण कर तिर्न सक्ने हैसियत नभएका व्यसायीलाई कर छुटको व्यवस्था ल्याएको र सो छुट ऐनमा व्यवस्था भएको समयावधिमा निवेदन दिई लाभ लिन सक्ने बताउनुभयो । साथै उहाँले अनलाईन मार्फत कर तिर्न सक्ने प्रावधान भएकोले राजश्व कार्यालयले प्रदान गरेको पासबर्ड सुरक्षित राख्नुपर्ने, कारोबार गर्दा अनिवार्य विल विजक लिनुदिनुपर्ने, व्यवसाय कारोबार गर्दा व्यवसायिक बैक खाता संचालन गर्नुका साथै व्यसायिक क्यूआर मार्फतमात्र कारोबार गर्नुपर्ने बताउनुभयो ।

अधिकृत गौतमले सहभागी व्यवशायीहरुबाट उठाएका विभिन्न जिज्ञासाहरुको आर्थिक ऐनमा व्यवस्था भए अनुसारको जानकारी गराउनु भयो भने २०५७/०५८ देखि २०६२/६३ तथा सो पछि पनि कर तिरेका उद्यमी व्यवशायीहरुको कर बक्यौडा देखाएको सम्वन्धमा विभागमा जानकारी गराई सकेको बताउन्दै छिटै नै नितिगत निर्यण हुने र दोहोरो कर तिर्नु नपर्ने धारणा राख्दै स साना उद्यमो व्यवशायीहरुमा परेको समस्याबारे अवगत गराउनु भएको भक्तपुर घरेलु तथा साना उद्योग संघलाई धन्यवाद पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाले संघ मार्फत स साना उद्यमी व्यवसायीहरुलाई कर तिर्न अनुरोध गर्नहुदैं साना करदाताहरुले विगतमा कर तिरेपनि यो बर्षको आन्तरिक राजश्व कार्यालयको सिस्टममा देखिएको विभिन्न समस्याहरुबारे कर अधिकृतलाई जानकारी गराएका थिए ।
साथै आर्थिक बर्ष २०५७/०५८ देखि २०६२/६३ साल सम्म कर तिरेको प्रमाण भएतापनि राजश्व कार्यालयको सिस्टममा कर बक्र्यौता देखाएको, विगतमा चार आर्थिक बर्षको लगातार कर तिरेपछि सो भन्दा अघिका कर स्वतः मिनाहा भनी आर्थिक ऐनमा व्यवस्था भए अनुसार कर तिरेका उद्यमी व्यवसायीहरुको पनि कर बक्र्यौता देखाएको सन्दर्भमा बढी ध्यानाकर्षण गराइएको थियो ।


















