४४ औं नेपाल भाषा साहित्य तःमुंज्या कमलविनायकमा हुने

0
469


भक्तपुर, श्रावण १९ । ४४ औं नेपालभाषा साहित्य तमुंज्या असोज २८ र २९ गते दुई दिन भक्तपुर नगरपालिका वडा नं ९ को लामुगः टोलमा हुने भएको छ ।
शनिबार भक्तपुरमा बसेको नेपालभाषा साहित्य तःमुंज्याको बैठकले ४४ वर्षदेखि दशैंको द्वादशी र त्रयोदशीका दिन गर्दै आएको साहित्यिक सांस्कृतिक सम्मेलन यो वर्ष भक्तपुर कमलविनायकस्थित लामुगःमा गर्ने निर्णय गरेको हो ।
सम्मेलनमा प्रस्तुत हुने विभिन्न साहित्यिक र सांस्कृतिक प्रस्तुतिहरूको तयारी एवं प्रशिक्षणको लागि विभिन्न साहित्यकार, कलाकार तथा संस्कृतिकर्मीहरूलाई
जिम्मेवारी दिइएको तःमुंज्याले जनाएको छ ।
सम्मेलनको तयारीको लागि भनपा वडा ९ का साहित्यकार, कलाकार, संस्कृतिकर्मी तथा समाजसेवीहरूको भेलाबाट आयोजक समिति ( ग्वसाखल) गठन
गर्ने निर्णय पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here