कमलबिनायकमा बजार अनुगमन, किरा भएको चामल बरामद

0
330

भक्तपुर, श्रावण १६ । भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य एवम् कार्यपालिका सदस्य रोशनमैया सुवालको नेतृत्वमा बुधबार कमलबिनायकमा पसल अनुगमन गरियो । अनुगमनमा मेगा मार्टमा म्याद भएपनि किरा भएको भनि ग्राहकले फिर्ता ल्याएको चामल दुई बोरा जफत गरी त्यस्तो किरा भएको चामल नबेच्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनमा विनायक फुड स्टोरमा दर्ता नविकरण गर्न र म्याद नाघेको टोमाटो सस् १ वटा जफट गरी नष्ट गरियो भने अबसर काजु लेबल नभएको अथवा उत्पादन मिति नभएकोले नलिने र बेचविखन नगर्न र म्याद नाघेको सामानहरु बरोबर चेक गर्ने र छुट्याएर राख्ने साथै पसल व्यवस्थित र सरसफाईमा ध्यान दिन निर्देशन दिएको थियो ।
विनायक किराना कन्सर्न दर्ता नविकरण गर्न, सरसफाईमा ध्यान दिन र सामानहरु व्यवस्थित गर्न निर्देशन दिएको थियो ।
त्यस्तै मेगा मार्ट नविकरण गर्न, तरकारीको मुल्य बाहिर चलनचल्तिभन्दा अलि बढी भएकोले व्यवस्थित गर्न निर्देशन दिई आरती चामल किरा भएको भनि ग्राहकले फिर्ता ल्याएको चामल दुई बोरा जफत गरी नष्ट गरियो भने त्यस्तो किरा भएको चामल नबेच्न निर्देशन दिएको थियो ।
राजेन्द्र सितिखुको अन्य पसल दर्ता नभएकोले दर्ता गराई साइनवोर्ड राख्न, मुल्य सूचि राख्न, प्याकेजिङ सामाानमा खाद्य अनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्ने, पसल व्यवस्थित र सरसफाईमा ध्यान दिन निर्देशन दिएको थियो ।
अनुगमनमा सदस्य ज्ञान बहादुर मानन्धर, श्यानिटेशनका व.नि.रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका हरिहर कापले, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक बिना चन्द, उद्योग बाणिज्य संघ भक्तपुरका गौतम सुजखुको सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here