बासु माविमा Tally र कम्प्युटर तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

0
664

भक्तपुर, श्रावण ३ ।
भक्तपुर नगरपालिका वडा नं २ मा अवस्थित बासु माविमा Tally र कम्प्युटर तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो ।


कार्यक्रममा प्रमुख अतिथि बासु माविका प्रधानाध्यापक रविलाल प्रधानले विद्यालयमा उपलब्ध स्रोत तथा साधन सदुपयोग गरी विद्यार्थी लक्षित तालिम संचालन गर्दै आइरहेको बताउनुभयो ।
सिकाइ निरन्तर रुपमा चलिरहने प्रक्रिया रहेको बताउनुहुदैं वर्तमान समय सूचना तथा सञ्चार प्रविधिको युग भएकोले शिक्षकहरुमा कम्प्युटरसम्बन्धि ज्ञान आवश्यक रहेको समेत उहाँले बताउनुभयो । साथै शिक्षण सिकाई कृयाकलापमा कम्प्युटरको समेत प्रयोग गर्नुपर्ने कुरामा विशेष जोड दिनुभयो ।
कार्यक्रममा Tally तालिमका प्रशिक्षक सुसन प्रजापतिले अहिलेको समय सूचना प्रविधिको युग रहेकोले नियमित रुपमा अपडेट भइरहनुपर्ने र तालिममा सिकेका कुराहरु आफ्नो कार्यस्थलमा समेत प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
त्यस्तै विद्यालयका कम्प्युटर शिक्षक सरोज भैलले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्नुपर्ने र तालिमपछिको प्रमाणपत्र महत्वपूणर् हुने बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुदैं विद्यालयका शिक्षक रमेश प्रजापतिले तालिमपछिको सिपले रोजगारीका अवसरहरु प्राप्त हुने र सूचना प्रविधिबारे अभ्यस्त भइरहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा त्बििभ तालिम प्रशिक्षार्थीहरुको तर्फबाट श्रीराम कासिछ्वा र कम्प्युटर तालिमको तर्फबाट प्रशिक्षार्थी रोशनी दनुवारले पनि बोल्नुभएको थियो ।

समापन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो भने प्रशिक्षकहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here