भक्तपुर, श्रावण । आज साउने संक्रान्ति पर्व अर्थात लुतो फाल्ने दिन । विक्रम सम्वतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिन्छ । बेलुका लुतोफाली धार्मिक महत्वको साथ संक्रान्ति मनाइन्छ ।
साउने संक्रान्तिबाटै दिन छोटो र रात लामो हुँदै जान्छ । यहि दिनदेखि नेपालमा चाडपर्वको सिलसिला सुरु हुन्छ । दान, दक्षिणा दिने, धर्मकर्म गर्ने क्रम पनि जारी रहन्छ । बिवाहित महिलाहरुले साउने संक्रान्तिदेखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र लगाएर महिनाभर पूजा आधाना गर्ने, ब्रत बस्ने चलन छ ।
श्रावण महिनाभरि शुद्ध आहार गर्ने र सोमबार शिवजीको उपासना एवं व्रत गर्ने परम्परा रहदै आएको छ । श्रावण महिनाभर महिलाहरुले हरियो चुरा लगाउने, हरियो पहिरन लगाउने तथा हातमा मेहन्दी पनि लगाउने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















