काठमाडौँ, असार ३१। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको प्रतिलिटर ४ र डिजेलको ३ रुपैयाँ बढाएको हो । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । आज राति १ बजेदेखि सो मूल्य लागू हुने पनि निगमले जनाएको छ ।
जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६० पर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
2


















