उद्यमशीलता विकास तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

0
468
उद्यमशीलता विकास तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण


भक्तपुर, असार ३० ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत भक्तपुर नगरपालिकामा सञ्चालित आधारभूत बेकरी सीप विकास, आधारभूत काष्ठकला सीप तालिम, मखमली जुत्ता बनाउने र पेपर रिसाइक्लिङ तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
समापन कार्यक्रममा बाेल्नुहुँदै उपप्रमुख जोशीले भक्तपुर नगरपालिकाले युवाहरुलाई सीप प्रदान गर्ने उद्देश्यले समय समयमा विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरिहरको बताउनुहुँदै आर्थिक रुपमा कमजोर नागरिकहरुलाई नगरपालिकाले युवा उद्यमशीलता ऋण प्रदान गरिरहेको बताउनुभयो ।
उहाँले तालिमका सहभागीहरुलाई प्रविधि हस्तान्तरण गरी आत्मनिर्भर बनाउन खोजेको चर्चा गर्नुहुँदै उद्यमी बन्न समयको परिपालना महत्वपूर्ण कुरा हो भन्नुभयो ।
कार्यक्रममा भनपा–७ का वडाध्यक्ष उकेश कवां, भनपा–३ का वडाध्यक्ष राजकृष्ण गोरा, कार्यपालिका सदस्य रोशनमै‌या सुवा, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठ, उपनिर्देशक प्रभाषकुमार चालिसले बोल्नुभएको थियो भने कार्यक्रम सञ्चालन मेडपाका सहजकर्ता गीताकुमारी कोइरालाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here