भक्तपुर, असार २४ । ख्वप अस्पताल ब्रम्हायणीबाट अन्तरंग तथा शल्यक्रिया सेवा लिँदा औषधी लिनका लागि च्यामासिङ जानुपर्ने परिस्थिति हट्ने भएको छ ।
ख्वप अस्पतालका निमित्त निर्देशक डा. मजेश प्रताप मल्लले विरामीहरुको लागि सेवा दिदै ब्रम्हायणी भवनमै औषधी पसलको व्यवस्था गरेको बताउनुभएको छ ।
उक्त औषधी पसल प्रत्येक दिन बिहान १० देखि बेलुकी ५ बजेसम्म खुल्ने भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1