आज भलभल अष्टमी नवदुर्गा गणको अन्त्येष्टि हुने दिन

0
770
आज भलभल अष्टमी नवदुर्गा गणको अन्त्येष्टि हुने दिन

भक्तपुर, असार  १४। हरेक वर्ष भलभल अष्टमीका दिन नवदुर्गा गणको देहावसान हुने विश्वाससहित भक्तपुरका जीवित देवता नवदुर्गा गणले प्रयोग गर्ने मुकुटलाई ब्रह्मायणीमा विसर्जन गरिन्छ । भलभल अष्टमीको दिनलाई भगस्थी पनि भन्ने गरिन्छ ।
सोही परम्पराअनुरूप शुक्रबार राति नवदुर्गा गणले प्रयोग गर्ने मुकुटलाई ब्रह्मायणीमा विसर्जन गरिँदैछ । मुकुन्डो जलाउनुलाई नवदुर्गा देवगणको अन्त्येष्टि मानिन्छ ।  मुकुट जलाए पनि गरगहना र पोसाक भने जलाइँदैन ।

अन्त्येष्टि क्रममा भलभल अष्टमीमा नवदुर्गा गण द्योछें (देवता घर)बाट बाहिर निस्केर विलाप नाच प्रदर्शन गर्ने परम्परा रहेको छ । काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न ठाउँमा आठ महिना नाच प्रदर्शन गर्ने नवदुर्गा गणको देहावसानसँगै भक्तपुर नगरपालिका–९, गछेंस्थित नवदुर्गा द्योंछे (देवता घर)मा पूजाआजा बन्द हुने गर्दछ ।

नवदुर्गा गणको नाच भक्तपुर नगरका, मध्यपुर थिमि, बनेपा, पनौती, साँखु, पशुपति, टोखा, कीर्तिपुर, साँगा, धुलिखेलगायत ठाउँमा प्रदर्शन गर्ने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here