भक्तपुर, असार ७ ।
भक्तपुर नगरभित्र मापदण्डअनुसार नियमित रुपमा भवन निर्माण गरी निर्माण सम्पन्न भएका घरका घरधनीलाई अनुदान रकम वितरण गरेको छ ।
भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभाको कार्यक्रममा मौलिक शैलीमा घर बनाउने ९ जना घरधनीलाई रु. १९ लाख २४ हजार बराबरको अनुदान रकम वितरण वितरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरभित्र मापदण्डअनुसार नियमित रुपमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका भक्तपुर नपा वडा नं. १ का कविन्द्र कायष्ठलाई रु. १,५०,३१६। , भनपा ३ का मुकुन्दलाल प्रधानांगलाई रु. ३ लाख, भनपा ३ का सुनिल प्रजापतिलाई रु. १,४१,२१४।–, भनपा ४ का पूर्णभक्त ग्वाछालाई रु.१,६५,४५९।–, भनपा ४ का लक्ष्मीश्वरी कबुलाई रु. २,४१,२८७।– र भनपा ६ का राजेन्द्र अवाललाई रु. १,७०,५६२।– रुपैयाँ काठ, इँटा र झिंगटी अनुदान स्वरुप प्रदान गरिएको थियो ।
त्यस्तै भनपा वडा नं. ६ कै नारायणकृष्ण त्यातलाई रु. १,७०,२५६।–, भनपा ६ कै कृष्णबहादुर दुवाललाई रु. २,९३,३६१।–, भनपा वडा नं. १० का केशव शिल्पकारलाई रु. २,८२,२६७।– अनुदानस्वरुप प्रदान गरिएको थियो । भक्तपुर नपाले वितरण गरेको अनुदान रकम जम्मा रु. १९ लाख २४ हजार ७२५ रहेको छ ।
मौलिक शैलीमा घर बनाउने घरधनीलाई रु. १९ लाख २४ हजार बराबरको अनुदान रकम वितरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
7
+1
1
+1
6
+1
1
+1
1


















