भक्तपुर, असार ४ । नेपाल क्रान्तिकारी महिला संघ २ वडा ब्यासी ईकाई समितिको आयोजनामा बृहत महिला भेला तथा पूनर्गठन कार्यक्रम ब्यासीमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर नगर समितिका प्रतिनिधि मञ्जु मैंया लाखाले इलाममा नेमकिपाको चुनाव प्रचार कार्यक्रमको अनुभव सुनाउँदै नेमकिपाल संसदमा खेलेको प्रमुख प्रतिपक्षको भूमिकाका प्रशंसा गरेको चर्चा गर्दै इलामका कामदार वर्गका जनताले नेमकिपालाई नयाँ पार्टीको रुपमा स्वागत गर्न आतुर रहेको र संगठन विस्तारका लागि सहयोग गर्ने बचन दिएको बताउन भयो । उहाँले नेपाल क्रान्तिकारी महिला संघले कामदार बर्गका महिलालाई सचेत र संगठित गर्दै नेपालमा कामदार वर्गको शासन समावबाद ल्याउन चाहन्छ भन्नुभयो ।
नेमकिपा भक्तपुर नपा २ वडा ब्यासी ईकाई अध्यक्ष गणेशप्रसाद सुवालले कामदार बर्गका जनता चाडै सचेत र संगठित भए नेपालमा समाजबादी ब्यवस्था चाडै आउने र २०८१ फागुनमा हुने नेपाल मजदुर किसान पार्टीको महाधिबेशन सफल पार्न अनुरोध गर्नुभयो ।
नेमकिपा भक्तपुर नपा २ वडा ब्यासी इकाई समितिका उपाध्यक्ष राजकुमार लघुले नेपाल क्रान्तिकारी महिला संघ काम गरी खाने दिदीबहिनी र आमाहरुलाई शिक्षित पार्न विभिन्न गतिविधि गरिरहेको चर्चा गर्नुहुदै नेमकिपाको उद्देश्य नेपाली जनतालाई बुद्धिजीवी गर्ने हो भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला संघ २ वडा ब्यासी ईकाई समितिका अध्यक्ष बबीमैया कवां र सुलो सुवालले पनि महिला संंघको उद्देश्य र सम-सामयिक राजनिती बारे चर्चा गर्नुभयो ।
ब्यासीमा महिला भेला तथा पूनर्गठन कार्य सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















