चैत २७, भक्तपुर । भक्तपुर नगरपालिकाले बिस्काः जात्रा २०८०/८१ लाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न जात्रा हुने स्थल योसिङ्ख्य क्षेत्रमा फुटपाथ पसल तथा पार्किङ्ग क्षेत्र व्यवस्थापन गर्ने भएको छ ।
२०८० चैत्र ३० गते र २०८१ बैशाख १ गतेका दिन जात्रा स्थलको बाटोमा आवत जावत गर्न जात्रा हेर्न आउने महानुभावहरुलाई हरेक वर्ष समस्या हुने गरेको थियो ।
नगरपालिकाले जात्रा हुने स्थलमा कुनै किसिमको अवरोध नगर्न सूचना जारी गर्दै मुख्य जात्रा स्थल योसिंख्योदेखि पुलको पूर्वी भाग परदेशी भिमसेन हुँदै खोर्चा चोक (आदर्श चोक) सम्म फुटपाथ पसल तथा पार्किङ्ग गर्न निषेध गरिएको छ ।
फुटपाथ पसल राख्न तथा सवारी साधन पार्किङ्ग गर्न ईच्छुकहरुले परदेशी भिमसेन स्थित पुलदेखि उत्तर तरकारी बजारको वरिपरि राख्न पाउने भक्तपुर नगरपालिका ५ नं. वडा कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
+1
+1
1


















