चुनाव ! लघुकथा

0
150

एउटा नेता भोट माग्दै एक जना बृद्धको घरमा पुगेछन र ति बृद्धको हातमा रु १०००।(एक हजार) थमाउदै भने ‘बाबा यसपालि भोट चाही मैलाई नै दिनुस है ‘

ती बृद्धले पैसा लिन इन्कार गर्दै भने बाबु ! म बुढोलाई पैसा चाहिदैन, तर यदि तिमीलाई मेरो भोट चाहिएकै हो भने
एउटा गधा किनेर दिनु मलाई!

कडा टक्करको चुनाब थियो नेतालाई एक-एक भोटको खाँचो थियो नेताजी गधा खरिद गर्न निस्किए तर कहि गए पनि ३००००।(तिस हजार) भन्दा कम मुल्यमा गधा पाइएन
नेताजी फर्किएर आए र बृद्धलाई भने!

‘”सोचे जस्तो मोलमा कतै गधा पाइएन”

कम्तिमा पनि एउटा गधालाई ३००००।(तिस हजार) पर्दो रहेछ

म हजुरलाई गधा दिन सक्ने भएन बरु यो रु २०००।(दुइ हजार )लिनुहोस बृद्ध बा ले भावुक हुदै भने ‘बावु मलाई लज्जित नगराउ, तिम्रो नजरमा मेरो मोल एउटा गधाको बराबर पनि रहेनछ। एउटा गधा त ३००००।(तिस हजार)मा बिक्दो रहेछ म मनुस्य भएर आफुलाई २०००।(दुई हजार) मा
कसरी बेचु ?’

त्यसैले आफुलाई गधा भन्दा पनि कम मुल्यमा बेचेर फेरी नालायक नेता छान्ने कि आफ्नो अमुल्य मत को सदुपयोग
गर्ने बिचार हजुरको ???

चुनावी_माहोल

साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here