चैत १३, काठमाडौँ । कैलाली र बर्दिया जोड्ने चिसापानीस्थित कर्णाली नदीमा बेपत्ता भएका युवा मृत भेटिएका छन् ।
कर्णाली नदीको चिसापानी स्थित पुलबाट गत सोमबार हाम फालेका १७ युवामध्ये कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका थिए ।
बेलौरी स्थायी घर भए पनि उनी कैलालीको लम्कीचुहा नगरपालिका ३, चिसापानीमा बस्दै आएका थिए ।
घटनालगत्तै डुंगाबाट उनको खोजीकार्य गरिएको थियो ।
पौडी खेल्न हाम फालेको भिडियो भाइरल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
1
+1
2
+1
5


















