भक्तपुरमा चितुवा फेला

0
6059


चैत २, भक्तपुर । भक्तपुरको साविक दधिकोट–१, पात्लेटारमा चितुवा फेला परेको छ । मैत्री भवन नजिकै रहेको स्थानीय रामेश्वर न्यौपानेको कालिज फार्ममा हिजो राति करिब १२/१ बजेतिर छिरेको अनुमान गरिएको चितुवालाई बिहान प्रहरी प्रभाग, दधिकोट र डिभिजन वन कार्यालय, भक्तपुरको सहयोगमा ‘डार्ट’ गरेर नियन्त्रणमा‌ लिईएको हो ‌।
चितुवाले फार्ममा रहेका धेरै कालिज मारेता पनि फार्मभित्रै रहेका २१ वटा बाख्रालाई भने बचाउन सकिएको फार्म सञ्चालक रामेश्वर न्यौपानेले बताए ।
पात्लेटारको जंगलमा बेलाबखतमा यसै गरि चितुवा देख्ने गरिएको छ। ६ वर्ष अगाडि दधिकोटको छिमेकी गाउँ गुण्डूमा चितुवाको आक्रमणबाट स्थानीय एक ६ वर्षे बालक शिरिष तामाङ्ले ज्यानै गुमाएका थिए । जंगल नजिकै वस्तीका वासिन्दाले विशेषत: बेलुकाको समयमा विशेष सजगता अपनाउन अनुरोध गरेको छ ।
source : calvin manandhar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
2
+1
10
+1
5
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here