अन्तर नगर महिला कबड्डि खेलका क्वाटर फाइनल खेलको अन्तिम नतिजा

0
406


चैत २, भक्तपुर । भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको महिला कबड्डी प्रतियोगिता अन्तर्गत शुक्रवार भएको भक्तपुर नपा र पोखरा महानगरपालिकाविच भएको क्वाटर फाइनलको खेलमा पोखराले भक्तपुरलाई २७-२४ ले पराजित गरेको छ । तिव्र प्रतिस्पर्धाविच संचालन भएको खेलमा भक्तपुर खेलबाट बाहिरिएको छ । सो खेलमा पोखराका बुद्धिमाया मगर म्यान अफ द म्याच घोषित भएका छन् ।
त्यस्तै पनौति नपा र बुटवल महानगरपालिका विचको खेलमा बुटवलले पनौतिलाई ४३-२६ ले पराजित गरेको छ । यो संगै पनौति खेलबाट बाहिरिएको छ । खेलमा बुटवलका विष्णु सोमरे मगर म्यान अफ द म्याच घोषित भएका छन् ।

त्यस्तै मेलौली नपा र काठमाडौ महानगरपालिकाविच भएको प्रतिस्पर्धामा मेलौलीले काठमाडौलाई ५६-२४ ले पराजित गरेको छ । उक्त खेलमा मेलौलीका जयन्ती बडु म्यान अफ द म्याच घोषित भएका छन् ।
भिमदत्त नपा र महाकाली नपाविचको खेलमा भिमदत्तले महाकालीलाई ५७-२१ ले पराजित गराएको छ । खेलमा भिमदत्तका सृजना सुनुवार म्यान अफ द म्याच घोषित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here