चैत २, भक्तपुर । दिक्षा(गौरी) हाडा स्मृति प्रतिष्ठान नेपालको आयोजनामा इटाछे टोलमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ । भक्तपुर नगरपालिका वडा न २ स्थित इताछे टोलमा चैत ३ गते बिहान ८ बजेदेखि ११ बजेसम्म खुल्ला रक्तदान कार्यक्रम हुने प्रतिष्ठानले जनाएको छ ।
रक्तदान कार्यक्रममा सहभागी हुन सर्वसाधारणलाई प्रतिष्ठानले अनुरोध गरेको छ ।
प्रतिष्ठानले हरेक वर्ष विविध सामाजिक गतिविधि संचालन गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















