नि:शुल्क पोशाक सहित भीम आदर्शमा अक्षरारम्भ

0
154

फागुन २, भक्तपुर । भक्तपुर लिवालीस्थित भीम आदर्श आधारभूत विद्यालयमा सरस्वती पूजाको पावन अवसरमा अभिभावक भेला सहित अक्षरारम्भ कार्यक्रम सम्पन्न भयो ।

सो कार्यक्रममा शिक्षासेवी हिमालयश्वरलाल मूलले अङ्ग्रेजी निजी विद्यालयको विकल्पको रुपमा समुदायका सामुदायिक विद्यालय पनि सक्षम हुँदै आएको बताउँदै शिक्षण सिकाइलाई प्रभावकारी बनाउन अभिभावक वर्ग पनि सचेत हुनुपर्ने बताउनुभयो । उहाँले बदलिँदो समयमा सामुदायिक विद्यालयको विकासमा लगानी बृद्धि गर्नुपर्ने बताउनुभयो ।

सोही अक्षरारम्भ कार्यक्रममा प्रशिक्षक देवना जोशीले खेल विधिको माध्यमबाट फोनिक्स जस्ता प्रयोगात्मक आधारभूत सिकाई वर्तमान समयमा अत्यावश्यक भएको बताउँदै गृहकार्यले विद्यार्थीको रचनात्मक सीपको अभिवृद्धि गर्न सहयोग गर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा विद्यालयका प्रअ दीपक माकले विद्यार्थीको उमेर तथा मनोभावना बुझेर गरेको शिक्षणले सिकाई लामो समयसम्म टिक्ने बताउँदै तल्लो तहका विद्यार्थीहरुका लागि खेल विधि शिक्षणलाई विद्यालयले प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।

कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र खायमलीले बदलिँदो शिक्षा प्रणालीलाई आत्मसात गर्दै गुणस्तरीय सिकाईको लागि विद्यालयमा अङ्ग्रेजी पाठ्यपुस्तकको अध्यापन हुँदै आएको बताउनुभयो ।

सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रममा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र विद्यालय पोशाक समेत निःशुल्क वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here