माघ २५, भक्तपुर । नेपाल कर्मचारी समाज, ९ नं. वडा एकाई समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ५० औं स्थापना दिवसको अवसरमा कर्मचारी भेला सम्पन्न भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधि सभाका सदस्य प्रेम सुवालले नेमकिपाको स्थापनाका आधारहरुबारे चर्चा गर्नुहुँदै संशोधनवाद र अवसरवादबाट बचाउन पार्टी स्थापना भएको बताउनुभयो । उहा“ले माक्र्सको सिद्धान्त हेरफेर गर्ने संशोधनवाद हो भन्नु हुँदै माक्र्सवाद पूँजीवादको उत्थान, विकास र पतनको सिद्धान्त हो । जनतालाई संगठित नगर्ने अराजकतावाद हो भन्नु हुँदै त्यसबाट बचाउन २०३१ सालमा नेमकिपाको स्थापना भएको हो । उहाँले किसान आन्दोलन, भर्पाइ आन्दोलन, सुस्ता अतिक्रमण विरुद्ध जुलुश अगाडि बढेपछि का.रोहितलाई दरभंगा बोलाएर आन्दोलन नगराउन पार्टी भित्र पसेका संशोधनवादीहरुले गर्दा नेतृत्व विहीन हुँदा जनताहरु विकृति र विसंगति बढेको बताउनुभयो । उहाँले पुष्पलाल र विपि कोइरँलाले चीनबाट हतियार लिन पठाई क्रान्ति सफल नहुने का. रोहितले भन्नुभएको बताउनुभयो । उहाँले पाकिस्तानलाई विभाजन गरी बंगलादेश बनाएको विरोध गर्नुपर्ने, बैंक लुटेर चीनसँग हतियार किनेर क्रान्ति गर्ने कुराको विरोध गर्दा दरभंगामा का. रोहितलाई गोली हानेको बताउनुभयो ।
उहाँले सिद्धान्त छोड्नु भनेको हिमालमा चिप्लेती खेल्नु सरह हो भन्नुभयो । साथै कर्मचारीहरु नगरिक भावना भएको, भ्रष्टाचार नगर्ने, धुम्रपान मध्यपान नगर्ने हुनुपर्ने बताउँदै उदारवादको विरोध गर्नुपर्ने बताउनुभयो ।
उक्त भेलामा नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतम प्रसाद लासिवाले कर्मचारी समाजको राष्ट्रिय सम्मेलन यही फागुन २६ गते गर्ने बताउनुहुँदै सम्मेलन भव्य रुपमा सफल पार्न सबैबाट सहयोग गर्न आव्हान गर्नुभयो ।
कार्यक्रमका सभापति रामकृष्ण प्रजापतिले नेमकिपा स्थापनाका सैद्धान्तिक आधारहरुको बारेमा चर्चा गर्दै नेपालको कम्युनिष्ट आन्दोलनमा नेमकिपा एक प्रकाशस्तम्भ भएको बताउनुभयो ।
कार्यक्रममा कर्मचारी सन्जय मानन्धरले नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका खोटा विचारहरुको खण्डन पुस्तकको बारे चर्चा गर्नुभयो भने विकास प्रजापतिले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here