आदर्श आजाद मावि/कलेजका विद्यार्थीले गरे अदालत अवलोकन भ्रमण

0
405

भक्तपुर, माघ २५, भक्तपुर । आदर्श आजाद मावि/कलेज भक्तपुरका कक्षा १२ कानून विषय समूह (संकाय) अध्ययनरत विद्यार्थीहरुको व्यवहारिक कानून र अभ्यास अदालत अन्तर्गत आज भक्तपुर जिल्ला अदालतमा अध्ययन अवलोकन भ्रमण गरेका छन् । कूल २६ जना विद्यार्थीहरूले अदालतका विभिन्न शाखा, फाँट र इजलाशहरूको अध्ययन गरि विस्तृत जानकारी प्राप्त गरेका छन् ।


अध्ययनका क्रममा अदालतमा पेशी व्यवस्थापन, फिराद, प्रत्युत्तर, निवेदन, पुनरावेदन, दर्ता, लगत, भिडाउने, अभिलेख शाखा, तहशील शाखा, थुनुवा कक्ष, मेलमिलाप केन्द्र र मेलमिलाप प्रक्रियाको अध्ययन पछि समूह समूहमा विभाजन भइ ६ वटा इजलाशमा भइरहेको पेशी सुनुवाईको अवलोकन गराइएको थियो ।


यस अध्ययन भ्रमणले कानुनका विद्यार्थीहरूको शैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न सक्ने तथा व्यवहारिक कानुन र अभ्यास अदालतका व्यवहारिक पक्षहरुलाई नजिकबाट नियाल्ने अवसर पाएको र विद्यार्थीहरूको निम्ति फलदायी र उत्साहित भएको कुरा कानूनका शिक्षक अधिवक्ता शिवराम बोहजुले बताउनुभयो ।
अध्ययन अवलोकनमा अदालत प्रशासन र अधिवक्ता किरण गाइजूले आवश्यक सहयोग र सहजीकरण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here